भारतको पहिलो स्वदेशी बुलेट ट्रेन निर्माण हुँदै, प्रतिघण्टा २४९ किमि गतिमा गुड्ने « Khabarhub

भारतको पहिलो स्वदेशी बुलेट ट्रेन निर्माण हुँदै, प्रतिघण्टा २४९ किमि गतिमा गुड्ने


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले मुम्बई–अहमदाबाद उच्च गतिको रेल करिडोरका लागि बेंगलुरुस्थित भारत अर्थ मुभर्स लिमिटेड (बीईएमएल) मा आफ्नो पहिलो स्वदेशी बुलेट ट्रेन निर्माण गरिरहेको छ । भारतीय रेल मन्त्रालयका अनुसार घरेलु इन्जिनियरिङ र आधुनिक प्रविधिको संयोजनमा भारतीय परिवेश सुहाउँदो गरी यो रेलको डिजाइन तयार पारिएको हो ।

करिब २०२ मिटर लामो आठ डिब्बाको उक्त रेलको अधिकतम परीक्षण गति २८० किलोमिटर प्रतिघण्टा र सञ्चालन गति २४९ किलोमिटर प्रतिघण्टा रहनेछ । ५५७ यात्रु क्षमताको यस रेलमा सातवटा स्ट्यान्डर्ड क्लास र एउटा एक्जिक्युटिभ क्लास डिब्बा रहनेछन् । आवश्यकताअनुसार यस्ता दुई वटा सेट जोडेर १६ डिब्बाको रेलसमेत बनाउन सकिनेछ ।

यात्रुको सुविधाका लागि रेलमा आरामदायी सिट, एलईडी लाइट, लगेज राख्ने ठाउँ, मोबाइल तथा ल्यापटप चार्जिङ पोर्ट, वाइफाईमा आधारित इन्फोटेनमेन्ट प्रणाली, बायो–डाइजेस्टर शौचालय तथा अंग्रेजी, हिन्दी र क्षेत्रीय भाषामा सूचना दिने एलसीडी डिस्प्ले जडान गरिनेछ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि ह्वीलचेयरमैत्री ढोका, छुट्टै सिट र शौचालय, ब्रेल लिपिको सङ्केत तथा प्लेटफर्मसँग मिल्ने समतल बोर्डिङको व्यवस्था समेत रहनेछ। ऊर्जा बचतका लागि रिजेनेरेटिभ ब्रेकिङ प्रणाली र तीव्र गतिमा हावाको अवरोध तथा सुरुङभित्रको आवाज कम गर्न विशेष एरोडाइनामिक प्रविधिको प्रयोग गरिएको यस परियोजनालाई भारतको उच्च गतिको रेल प्रविधिमा आत्मनिर्भर बन्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ८ : १७ बजे

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

काठमाडौं – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं – कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा

कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग

झापा – हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने

नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

काठमाडौं – सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी

आज दिनभर कहाँ, के भयो ? पढ्नुहोस्, मुख्य समाचार

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको