कतारबाट अमेरिकी एलएनजी ल्याउने भारतको तयारी « Khabarhub

कतारबाट अमेरिकी एलएनजी ल्याउने भारतको तयारी


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरान युद्धका कारण आपूर्तिमा आएको अवरोधपछि ग्यास आयातको स्रोत विविधीकरण गर्ने क्रममा भारतले अमेरिकाबाट उत्पादित तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उपलब्ध गराउन गरेको अनुरोधमाथि विचार गर्न कतार इच्छुक देखिएको छ।

भारतले सन् २०२८ देखि लागू हुनेगरी सम्झौता नवीकरण गरेको हो । भारतको प्रमुख ग्यास आयातकर्ता कम्पनी पेट्रोनेट एलएनजी लिमिटेडका समूह महाप्रबन्धक विवेक मित्तलले मंगलबार विश्लेषकहरूसँगको संवादका क्रममा सन् २०२८ देखिको दीर्घकालीन सम्झौताअन्तर्गत कतारमार्फत केही मात्रामा अमेरिकी एलएनजी भित्र्याउने विषयमा छलफल भइरहेको जानकारी दिए।

भारतको सबैभन्दा ठूलो एलएनजी आपूर्तिकर्ता कतारले हाल पेट्रोनेटलाई वार्षिक ७५ लाख मेट्रिक टन ग्यास आपूर्ति गर्दै आएको छ । यसको म्याद सन् २०२८ को अप्रिलमा सकिँदैछ। उक्त सम्झौतालाई सन् २०४८ सम्मका लागि थप २० वर्ष नवीकरण गरिसकिएको छ ।

कतारले आफ्नो अन्य स्रोतबाट आबद्ध गरिएको ग्यासको केही हिस्सा भारतलाई उपलब्ध गराउन सक्ने मित्तलले बताए । कतार इनर्जीले गत महिना मात्रै अमेरिकास्थित वुडसाइड र चेनिएर इनर्जीका विभिन्न प्लान्टबाट वार्षिक ७० लाख मेट्रिक टनसम्म ग्यास खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको थियो ।

गत मार्चमा इरान युद्धका कारण हर्मुज जलडमरूमा भएको नाकाबन्दी र रास लफानस्थित संरचनामा भएको आक्रमणपछि कतार इनर्जीले आगामी डिसेम्बरसम्मका लागि एलएनजी आपूर्तिमा ‘फोर्स म्याज्योर’ (अपरिहार्य परिस्थितिका कारण दायित्वबाट मुक्ति) घोषणा गरेको थियो।

कतारी आपूर्ति रोकिएपछि पेट्रोनेटले तीनवटा एलएनजी ट्याङ्करको भाडा सम्झौता समेत स्थगित गरेको छ। मध्यपूर्वको यही संकटका कारण भारतले अमेरिका, ओमान, नाइजेरिया, अंगोला र अष्ट्रेलियालगायतका देशबाट वैकल्पिक रूपमा ग्यास खरिद गर्न थालेको हो।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ८ : २० बजे

बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

काठमाडाैं – मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको

पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ उपाधि

काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप

मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन

जनकपुर – मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री

इरानद्वारा बहराइनमा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

तेहरान – इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

बाँके – प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज