माघ ३ गतेदेखि आचारसंहिता लागू हुने « Khabarhub

प्रतिनिधिसभा निर्वाचन

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ ।

आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ ।

निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरुको भूमिका के कस्तो रहने भन्ने बारेमा आचारसंहितामा प्रष्ट व्यवस्था गरिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका सन्दर्भमा हालसम्म भएको तयारी, निर्वाचन सामग्रीको छपाई, जनशक्ति व्यवस्थापनलगायतका बारेमा प्रधानमन्त्रीलाई शुक्रबार जानकारी गराएका थिए ।

आचारसंहितालाई कडाइका साथ पालना गराउन सरकार, सरोकारवाला निकायको प्रमुख भूमिका रहनुपर्ने आयोगको बुझाइ छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : १४ बजे

कांग्रेसका ‘सात भाइ’ मा फुट, गोपालमान विशेष महाधिवेशनको पक्षमा

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किँदै जाँदा

कांग्रेस विशेष महाधिवेशनको तयारी तीब्र (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीब्र बनाइएको छ। महामन्त्रीद्वय

रवि र कुलमानको एकता सहमति दुई सातामै भाँडियो, उज्यालो नेपाल ब्युँत्याउने तयारी

काठमाडौं- गत १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो

कुलमानसँगको एकता संकटमा परेपछि रास्वपाले डाक्यो आकस्मिक सचिवालय बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच भएको पार्टी

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन्।  उनी काठमाडौँको