चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही « Khabarhub

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा चुनौती देखिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ ।

पछिल्ला केही दिनदेखि विभागले प्लास्टिक उत्पादन गर्ने उद्योग, बिक्री वितरण गर्ने फर्ममा स्थलगत अनुमगन गर्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्रीवितरण नगर्न सचेत गराएको छ ।

सोही क्रममा विभागले शुक्रबार बालकुमारी प्लास्टिक उद्योग ललितपुरलाई ५० हजार जरिवाना गरेको छ । नियमित बजार अनुमगन गर्दै आएको विभागले सो उद्योगले उत्पादन वस्तुको कारखाना मूल्य नराखेको एवम् उद्योग दर्ताको प्रमाणपत्र आम सर्वसाधारणले देख्ने गरी नराखेकाले जरिवाना गरिएको जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ मा बजार अनुमगन तथा निरीक्षण गर्दा तत्काल प्राप्त प्रमाणका आधारमा निरीक्षण अधिकृतले ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम सो उद्योगलाई जरिवाना गरिएको विभागले प्रष्ट पारेको छ ।

यस्तै, एटिएल प्रोडक्सन हाउसलाई ५१ हजार जरिवाना गरिएको छ । सो उद्योगले पनि सर्वसाधारणले देख्ने गरी उद्योग दर्ताको प्रमाणपत्र नराखेको पाइएकाले नगद जरिवाना गरिएको विभागले जनाएको छ ।

पछिल्ला केही दिनदेखि विभागले वातावरण संरक्षण गर्ने ध्येयका साथ प्लास्टिकको उत्पादन तथा बिक्री वितरणमा देखिएको वेथिती नियन्त्रणमा लागि परेको छ । विभागले ४० माइक्रोन भन्दा कमका प्लास्टिक झोला बिक्री वितरण नगर्न उद्योग, वितरण तथा आयातकर्तालाई सचेत गराउँदै आएको छ ।

शुक्रबार त्यस्ता १२ वटा उद्योग वा फर्ममा निरीक्षण गरेको विभागले बिहीबार १९ वटामा अनुमगन गरेको थियो । प्लास्टिकको अनाधिकृत एवम् अत्याधिक प्रयोगका कारण वातावरण संरक्षणमा चुनौती देखिएकाले विभागले सक्रियता देखाएको हो ।

यस्तै, पुस २३ गते बुधबार चारवटा फर्मलाई एक लाख १० हजार रुपैयाँ जरिवाना गरेको थियो । त्यसदिन १४ वटा फर्ममा अनुमगन गरेको थियो । यही पुस २२ गते मंगलबार १७ वटा फर्ममा अनुमगन गर्दै दुई वटालाई ७० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । (रासस)

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : ४० बजे

कांग्रेसका ‘सात भाइ’ मा फुट, गोपालमान विशेष महाधिवेशनको पक्षमा

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किँदै जाँदा

कांग्रेस विशेष महाधिवेशनको तयारी तीब्र (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीब्र बनाइएको छ। महामन्त्रीद्वय

रवि र कुलमानको एकता सहमति दुई सातामै भाँडियो, उज्यालो नेपाल ब्युँत्याउने तयारी

काठमाडौं- गत १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो

कुलमानसँगको एकता संकटमा परेपछि रास्वपाले डाक्यो आकस्मिक सचिवालय बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच भएको पार्टी

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन्।  उनी काठमाडौँको