कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजका औपचारिक कार्यक्रम स्थगित « Khabarhub

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजका औपचारिक कार्यक्रम स्थगित


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि तय भएका सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री होमनाथ दाहालको शुक्रबार राति निधन भएपछि विशेष महाधिवेशन अन्तर्गत आजका कार्यक्रम स्थगित गरिएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले एक सूचनामार्फत जानकारी गराएका छन् ।

विशेष महाधिवेशन अन्तर्गत आज (शनिबार) भृकुटीमण्डपमा र्‍यालीसहितका कार्यक्रम तय गरिएको थियो ।

पुस २७ गते आइतबारका कार्यक्रमहरू भने यथावत रहने जनाइएको छ । काठमाडौंको भृकुटीमण्डपमा आइतबार विशेष महाधिवेशनको कार्यक्रम रहेको छ ।

आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनका अथक साधक मूर्धन्य व्यक्तित्व कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, वरिष्ठ पत्रकार दाहालको निधनले स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १० : ३५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले