कफी उत्पादक किसानलाई व्यावसायिक कफीखेती प्रविधि तालिम « Khabarhub

कफी उत्पादक किसानलाई व्यावसायिक कफीखेती प्रविधि तालिम


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई व्यावसायिक कफीखेती प्रविधि तालिम प्रदान गरिएको छ ।

व्यावसायिक रूपमा ४०० देखि ५०० बढी विरुवा रोपेका किसानहरूका लागि पालिकाले सो तालिम प्रदान गरेको हो ।

गाउँपालिकाभित्रमा खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका किसानहरूलाई दक्ष बनाउने उद्देश्यले प्रविधिसम्बन्धी तालिमको आयोजना गरेको महाभारत गाउँपालिका कृषि प्राविधिक खिमबहादुर डाँगीले बताए ।

पालिकाका सबै वडाहरूबाट ४५ जना किसानलाई छनोट गरेर तालिम दिएको हो । सो क्रममा कफीको बिरुवा रोप्ने तरिकादेखि बिरुवा रेखदेख, फल टिप्ने विधि, सुकाउने र बजारीकरणलगायतका विषयमा प्रशिक्षण दिएको पालिकाले जनाएको छ ।

वडा नम्बर ५ का वडाध्यक्ष विजय राना मगरले कफीखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएपछि किसानहरूको आर्थिक उपार्जनसँगै दैनिकीमा समेत परिवर्तन हुँदै गएको बताए ।

वडाध्यक्ष मगरले धान, मकै र कोदोखेतीबाट माथि उठेर अझै कफीलाई व्यावसायिक रूपमा खेती गरेको खण्डमा जीवनस्तर उठ्न सकिने भएकाले अहिले प्रदान गरेको प्रविधिसम्बन्धी तालिमले थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद खनालले भौतिक पूर्वाधारको विकाससँगै आधारभूत वर्गको जीवनस्तर उकास्ने ध्येय राखेर कफीखेती प्रविधि तालिम प्रदान गरेको बताए ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले कृषिबाट यहाँका नागरिकको जीवनस्तर उकास्नका लागि माटो परीक्षण गर्ने अभियान चलाउँदा सबैले के हुन्छ भनेर प्रश्न गरेको स्मरण गरे । उनले अहिले आएर कफीखेतीलाई व्यवसायीकरण गर्न थालेपछि त्यसको उत्तर कामबाट दिन सफल भएको बताए ।

‘यही कमाउने, यही रमाउने’ अभियानका साथ विगत पाँच वर्षबाट निरन्तर रूपमा काम गर्दै आएपछि अहिले सबैजसो किसान कफीतर्फ आकर्षित हुन थालेको उनले बताए । त्यसको लागि सक्दो मेहनत गर्न आग्रह गर्दै आवश्यक सहयोगको लागि गाउँपालिका तयार रहेको उनको भनाइ छ ।

आगामी दिनमा महाभारतलाई कफीमार्फत पर्यटकलाई आकर्षित गर्दै कफीको हबको रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष जिम्बाले बताए ।

तालिममा केन्द्रीय कफी सहकारी सङ्घका अध्यक्ष तुलसीराज धितालले सहजीकरण गरेका थिए । दुई दिनसम्म सञ्चालन भएको तालिम शुक्रबार समापन भएको हो ।

पालिकाले अहिलेसम्ममा तीन लाख ३१ हजार विरुवा वितरण गरिसकेको छ । चार हजार ५०० रोपनी क्षेत्रफलमा कफीखेती हुँदै आएको महाभारत गाउँपालिकामा एक हजार ९२० परिवारले कफीखेती गर्दै आएका छन् । (रासस)

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १० : ४६ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले