सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह सुरु (तस्बिरहरू)  « Khabarhub

सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह सुरु (तस्बिरहरू) 


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ भव्य रुपमा सुरु भएको छ ।

सडक दुर्घटना कम गर्ने र आम नागरिकमा ट्राफिक सचेतना फैलाउने उद्देश्यले आजदेखि अभियान सुरु गरिएको हो ।

शनिबार बिहान काठमाडौंको ऐतिहासिक क्षेत्र वसन्तपुर कुमारीघरबाट सुरु भएको सचेतनामूलक र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समापन भएको थियो ।

अभियानमा प्रहरी अधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू र सरोकारवाला निकायहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सहभागीहरूले हातहातमा ट्राफिक सचेतनासम्बन्धी ‘प्लाकार्ड’ र ब्यानरहरू बोकेका थिए ।

र्‍यालीमा ‘ट्राफिक नियम मिचेकोमा गर्व होइन, लाज मान्ने गरौँ’, ‘मापसे गरी सवारी साधन नचलाऔँ’, ‘लेनको पालना गरौँ’ जस्ता सन्देशमूलक नाराहरू प्रस्तुत गरिएका थिए ।

सडक सुरक्षा साझा दायित्व समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सडक सुरक्षा केवल प्रहरीको मात्र जिम्मेवारी नभई हरेक नागरिकको नागरिक दायित्व भएको बताए ।

उनले सवारी नियमको पूर्ण पालनाले मात्रै सडकमा हुने मानवीय र भौतिक क्षति कम गर्न सकिनेमा जोड दिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले सप्ताहभर उपत्यकाका विभिन्न चोक र सार्वजनिक स्थलहरूमा सचेतनामूलक कार्यक्रमहरू, चालक–सहचालक लक्षित प्रशिक्षण र अन्तरक्रिया सञ्चालन गरिने जानकारी दिए ।

यो विशेष अभियानले उपत्यकाको यातायात व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ११ : ३२ बजे

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र