एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधनदेखि निर्वाचन तयारीसम्मका एजेन्डा  « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधनदेखि निर्वाचन तयारीसम्मका एजेन्डा 


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ ।

बैठकमा त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ। अध्यक्ष ओलीले केन्द्रीय कमिटीको पहिलो बैठकयताका राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका तथा आसन्न आम निर्वाचन र त्यसको तयारीका विषयमा स्पष्ट पार्ने कार्यक्रम छ।

बैठकको महत्वपूर्ण एजेन्डामध्ये पार्टी नियमावली संशोधन प्रमुख रहेको छ। दोस्रो विधान महाधिवेशन (२०–२२ भदौ २०८२) र एघारौँ राष्ट्रिय महाधिवेशन (२७ मंसिर–३ पुस २०८२) ले पार्टी विधानमा गरेको संशोधनका आधारमा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव प्रस्तुत गरी पारित गरिने छ।

यसैगरी एघारौँ राष्ट्रिय महाधिवेशनको आम्दानी–खर्चसम्बन्धी मोटो विवरण पनि बैठकमा पेश गरिने छ।  पार्टीका अनुसार चितवनमा सम्पन्न एघारौँ महाधिवेशन, दशौँ महाधिवेशनको तुलनामा करिब तीन करोड रुपैयाँ कम खर्चमा सम्पन्न भएको थियो। 

आवास र यातायात खर्च नलागेकाले महाधिवेशन तुलनात्मक रूपमा किफायती भएको जनाइएको छ।

बैठकमा पुस १२ र पुस २२, २०८२ मा सम्पन्न केन्द्रीय सचिवालयका दुई बैठकले गरेका निर्णयहरू अनुमोदनका लागि प्रस्तुत गरिने छ। ती निर्णयहरू अन्तरपार्टी निर्देशन–१ मार्फत कार्यान्वयनमा गइसकेका छन्।

कार्यसूचीअनुसार एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम पनि रहेको छ।

बैठकको अन्त्यमा समसामयिक विषयमा विविध प्रस्ताव प्रस्तुत गरी पारित गरिने जनाइएको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १२ : ४५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले