काठमाडौं – नेपाल यातायात व्यवस्था विभागकको कार्यालयले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ। जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको भवन मर्मत सम्भारपछि पुनः सेवा सुचारु गरिएको हो।
यातायात व्यवसायी विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाका अनुसार भवनको मर्मत सम्भार सरकारको लगानीसँगै विभिन्न संस्थाको सहयोगमा गरिएको हो। हाल नेपालभर रहेका ४२ वटै यातायात व्यवस्था कार्यालयबाट सेवा सुचारु भइसकेको छ।
सुरक्षण केन्द्रबाट छपाइ गरिएका करिब १३ हजार थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स)मध्ये ९ हजार वितरण भइसकेको छ भने बाँकी ३ हजार वितरण गर्न बाँकी रहेको विभागले जनाएको छ। कार्यालयबाट सेवा प्रवाह सामान्य अवस्थामा फर्किएको बताइएको छ।

























प्रतिक्रिया