बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण « Khabarhub

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि बत्ती जानेआउने गरेको भन्दै उपभोक्ताको गुनासो बढ्न थालेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्या पत्ता लगाई समाधानका लागि सरोकार भएकालाई निर्देशन दिएका छन् । उपभोक्तबाट यस्तो गुनासो आउन थालेपछि उनले स्थलगत निरीक्षण गर्नुका साथै आज सरोकार भएका पक्षसँग छलफल गरेका हुन् ।

समस्या समाधानका लागि शाक्यले बिहीबारदेखि निरन्तर प्रयास जारी राखेका छन् । शुक्रबार पनि करिब १०ः०० बजेतिर आकस्मिक रूपमा निरीक्षणका लागि नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा पूर्व लगनखेल वितरण केन्द्र र जावलाखेल केन्द्र पुगेर त्यहाँको अवस्थाबारे उनले जानकारी लिएका थिए ।

बिहीबार राति अबेरसम्म भार प्रेषण केन्द्र स्युटाचारमा ग्रिडका तथा माथिल्लो तहका कर्मचारीसँगै राखेर उनले छलफल गरेका थिए । छलफलमा उनले तत्काल प्राविधिक समस्या पत्ता लगाई समाधानको उपाय खोजी गर्न निर्देशन दिए ।

निर्देशक शाक्यले भने, “पछिल्लो समय मुख्य गरेर पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बत्ती जान थालेको भन्दै ग्राहकबाट गुनासो आउन थालेपछि समस्याको जड खोतल्ने र समाधान गर्ने प्रयासका लागि मैले बिहीबार राति अबेरसम्म भार प्रेषण केन्द्र र ग्रिडका माथिल्लो तहका कर्मचारीसँग बसेर छलफल गरेको छु ।”

निर्देशक शाक्यले प्राधिकरणको ध्यान बिजुली दिने मात्रै होइन गुणस्तरीय बिजुली दिनेमा रहेको भन्दै बेलाखबत आउने सामान्य प्राविधिक समस्यालाई हेरेर नआत्तिन उपभोक्तालाई आग्रह गर्दै प्राविधिक समस्या देखिए तत्काल समाधानका लागि प्राधिकरण अघि बढ्ने प्रतिबद्धता जनाए ।

प्राधिकरणले पनि जाडो बढेसँगै हिटर, एसीलगायत विद्युतीय उपकरण चलाउने क्रम बढेसँगै विद्युत्को माग पनि बढ्न जाने हुँदा कहिलेकाहीँ सामान्य प्राविधिक समस्या देखिन सक्ने भन्दै त्यसलाई समाधान गरेर अघि बढ्ने जानकारी दिएको छ । प्राधिकरणले ‘लोडसेडिङ’ हुन लाग्यो कि भन्ने आशङ्का नलिन पनि सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १० : ५० बजे

कर्मचारी संयन्त्रलाई उत्तरदायी र जनमुखी बन्‍न सरकारको कडा निर्देशन

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

एजेन्सी– युद्धविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा  इजरायली हवाई आक्रमण

मनहरी गाउँपालिकामा करदाता सेवा सुरु

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ

युद्धविराम लम्बिँदा तनाव यथावत्

एजेन्सी– इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड

दाङको खुमखानीमा खानेपानीको समस्या

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या