आज २०८२ साल माघ २७ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ २७ गते मंगलबारको राशिफल


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ २७ गते मंगलबार फागुन कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि । सुरक्षित इन्टरनेट दिवस । तदनुसार सन् २०२६ फेब्रुअरी १० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । साथीसँगको सहकार्यले फाइदा हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवाररसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । व्यापारमा फाइदा हाेला ।

वृष : बोलीकै कारण काम बन्नेछ । बाेल्दा सचेत बन्नुपर्ने दिन छ । गला र कलाको प्रदर्शन गरेमा फाइदा हाेला  । लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा नतिजा राम्रो प्राप्त हुनेछ । बोलीमा सुधार आवश्यक हुनेछ ।

मिथुन : दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ । विपक्षी साथी तपाईंको साथमा रहेकाले महत्त्वपूर्ण काम बन्नेछ । धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । परिवारको सल्लाहले मन शान्त बन्नेछ ।  

कर्कट : साना कुरामा झन्झट बढ्नेछ । विपक्षी साथीले बोलेको कुरालाई स्वीकार गर्नुपर्ने दिन आएको छ । परिवारका सदस्य तपाईं अनुकुल भएकाले मन शान्त बन्नेछ । अनुत्पादक क्षेत्रको लगानी घटाउनु पर्नेछ ।

सिंह : दिन राम्रो छ । थोरै लगानी गरे पनि व्यापारमा फाइदा हुनेछ । विपक्षी मोर्चामा बौद्धिक व्यक्ति भएकाले तर्क गर्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारभित्र मेलमिलाप हुनेछ ।

कन्या : शिक्षा र स्वास्थ्य क्षेत्रको मिहिनेत सफल बन्नेछ । महत्त्वपूर्ण काममा अवरोध हुनेछ । अरुलाई विश्वास गर्नाले समस्या बढ्नेछ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

तुला : बौद्धिक क्षेत्रका व्यक्तिसँग भेट हुनेछ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ । साथीभाइ दाहिना भएकाले सोचेका काम बन्नेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : आज सोचेका काम बन्ने दिन छ । बन्धुसँग कार्यगत एकता गरेमा फाइदा हुनेछ । बिहान पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । व्यापारमा नाफा हाेला ।

धनु : थोरै लगानीबाट पनि राम्रो फाइदा हुनेछ । विपक्षी साथीकोसमेत साथ मिल्नेछ । तपाईंका योजना कार्यान्वयन हुने दिन छ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । साथीभाइले भन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारले साथ दिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : सानो कुराले काममा अवरोध गर्नेछ । सम्पत्तिको लगानी उचित ठाउँमा हुने दिन छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । दिनको सुरुवात दान गरेर गर्नुभएमा हरेक काममा सफलता मिल्नेछ ।

मीन : अवसरको सदुपयोग गर्नुपर्ने दिन छ । सहकर्मीले साथ दिनेछन् । खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनेछ । व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । समाजमा थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ५ : १३ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना