प्रचण्डको दाबी : जितेकै ठाउँमा रास्वपा ओरालो लाग्दैछ, अब स्टन्ट र भ्रमले चल्दैन « Khabarhub

प्रचण्डको दाबी : जितेकै ठाउँमा रास्वपा ओरालो लाग्दैछ, अब स्टन्ट र भ्रमले चल्दैन


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालमा जितेकै ठाउँमा पनि ओरालो लागेको बताएका छन् ।

सामाजिक सञ्जालमा स्टन्ट गर्नेहरूलाई यसपटकको निर्वाचनमा नराम्रो हुने पनि उनले उल्लेख गरेका छन् ।

काठमाडौं उपत्यकामा पनि रास्वपा कमजोर अवस्थामा रहेको प्रचण्डले दाबी गरे । ‘सोसियल मिडियावाला, स्टन्टवाला भन्ने गरेका छौँ हामीले, पहिला जहाँ जिते, त्यहाँ उनीहरूको अवस्था ओरालो छ’, उनले भने, ‘तपाईं उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले राम्रो छैन । नयाँ-नयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ ।’

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिका अगुवासँगको अन्तरक्रियामा बोल्दै उनले यो निर्वाचनमा नेकपा पहिलो बन्ने बताए ।

७७ वटै जिल्ला र सबै निर्वाचन क्षेत्रमा आफ्नो दलले राम्रो प्रभाव पार्नसक्ने हैसियत राखेको दाबी उनले गरेका छन् ।

‘७७ वटै‌ जिल्ला र सबै निर्वाचन क्षेत्रमा प्रभावित गर्न सक्ने हाम्रो हैसियत छ’, उनले भने, ‘पार्टीले अहिले काठमाडौं उपत्यका मात्रै होइन, ठूला सहर पोखरा, विराटनगर, भरतपुर, नेपालगन्ज र धनगढीमा उनीहरूलाई पनि केन्द्रित गर्ने अभियान चलाइरहेका छौँ ।’

पछिल्लो समय दाहालले नेकपा एक नम्बर बन्ने दाबी गर्दै छन् ।‘मैले भावनामा आएर यो भनेको होइन । हामी देशभर घुम्दा जनताको तहमा जे स्थिति बन्दै गएको छ, त्यसलाई हेर्दा पहिलो बन्छौँ’, उनले भने, ‘मैले विपक्षीहरूका कुरा सुन्दा, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूका सर्भे रिपोर्ट हेर्दा हामी पहिलो पार्टी बन्दैछौँ । त्यसका लागि यो २३/२४ दिन युद्धस्तरमा खट्नुपर्छ ।’

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  २ : १३ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति