पूर्वी प्रशान्तमा अमेरिकी सैन्य कारबाही : दुई जनाको मृत्यु, एक घाइते « Khabarhub

पूर्वी प्रशान्तमा अमेरिकी सैन्य कारबाही : दुई जनाको मृत्यु, एक घाइते


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– पूर्वी प्रशान्त महासागरमा लागूऔषध तस्करीको आशंकामा लक्षित एक डुंगामाथि गरिएको अमेरिकी सैन्य कारबाहीमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। अमेरिकी सेनाले सोमबार उक्त जानकारी दिएको हो।

अमेरिकी रक्षा विभागले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिअनुसार युएस साउदर्न कमान्ड (साउथकम)अन्तर्गतको संयुक्त टास्क फोर्स ‘साउदर्न स्पियर’ ले समुद्री लागूऔषध तस्करी मार्गहरूमा सञ्चालन गरिरहेको अभियानका क्रममा उक्त आक्रमण गरिएको हो। सेनाले अवैध लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा डुङ्गामाथि कारबाही गरिएको जनाएको छ।

सन् २०२५ सेप्टेम्बरमा सुरु गरिएको ‘साउदर्न स्पियर’ अभियान अन्तर्गत क्यारिबियन सागर र पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीसँग सम्बन्धित संदिग्ध डुङ्गाहरू विरुद्ध अमेरिकी सैन्य कारबाही हुँदै आएको छ।

अभियान सुरु भएयता भएका विभिन्न कारबाहीमा कम्तिमा १३० जनाको मृत्यु भइसकेको बताइएको छ। यसैबीच, अन्तर्राष्ट्रिय जलमार्गमा यस्ता सैन्य अपरेसनहरूको वैधानिकता र निगरानीबारे कानुनी विशेषज्ञ तथा मानवअधिकार समूहहरूबीच बहस सुरु भएको छ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  २ : २० बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा