पूर्वी प्रशान्तमा अमेरिकी सैन्य कारबाही : दुई जनाको मृत्यु, एक घाइते « Khabarhub

पूर्वी प्रशान्तमा अमेरिकी सैन्य कारबाही : दुई जनाको मृत्यु, एक घाइते


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– पूर्वी प्रशान्त महासागरमा लागूऔषध तस्करीको आशंकामा लक्षित एक डुंगामाथि गरिएको अमेरिकी सैन्य कारबाहीमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। अमेरिकी सेनाले सोमबार उक्त जानकारी दिएको हो।

अमेरिकी रक्षा विभागले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिअनुसार युएस साउदर्न कमान्ड (साउथकम)अन्तर्गतको संयुक्त टास्क फोर्स ‘साउदर्न स्पियर’ ले समुद्री लागूऔषध तस्करी मार्गहरूमा सञ्चालन गरिरहेको अभियानका क्रममा उक्त आक्रमण गरिएको हो। सेनाले अवैध लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा डुङ्गामाथि कारबाही गरिएको जनाएको छ।

सन् २०२५ सेप्टेम्बरमा सुरु गरिएको ‘साउदर्न स्पियर’ अभियान अन्तर्गत क्यारिबियन सागर र पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीसँग सम्बन्धित संदिग्ध डुङ्गाहरू विरुद्ध अमेरिकी सैन्य कारबाही हुँदै आएको छ।

अभियान सुरु भएयता भएका विभिन्न कारबाहीमा कम्तिमा १३० जनाको मृत्यु भइसकेको बताइएको छ। यसैबीच, अन्तर्राष्ट्रिय जलमार्गमा यस्ता सैन्य अपरेसनहरूको वैधानिकता र निगरानीबारे कानुनी विशेषज्ञ तथा मानवअधिकार समूहहरूबीच बहस सुरु भएको छ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  २ : २० बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो