बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग « Khabarhub

बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बङ्गलादेशको संसदीय चुनावको मतदान दिन नजिकै जाँदा निर्वाचन अधिकारीहरू तथा राजनीतिक उम्मेदवारहरूले मतदान तालिका, अभियान गतिविधि लगायतका प्रमुख घटनाक्रमहरूले तिव्रता पाएको जनाइएका छन् । 

बङ्गलादेश निर्वाचन आयोग सचिवालयका वरिष्ठ सचिव अख्तर अहमदले मतदान अघि सुरक्षा र गलत सूचना सम्बन्धी चिन्ताहरूलाई सम्बोधन गरेका छन् । 

अख्तर अहमदलाई उदृत गर्दै एएनआइले आगामी फेब्रुअरी– १२ तारिखको बिहान ७.३० देखि मतदान सुरु गर्ने तयारी भइसकेको जनाएको छ ।

सुरक्षा सम्बन्धी चिन्तालाई सम्बोधन गर्दै अख्तर अहमदले भने मेरो बुझाइमा, त्यहाँ कुनै सुरक्षा खतरा तथा सुरक्षा चिन्ता छैन,  सबै कुरा व्यवस्थित छ ।“

उनले गलत सूचनासँग सम्बन्धित चिन्ताहरूलाई उजागर गर्दै गलत सूचनाले समस्या सिर्जना गर्न सक्ने बताउँदै यो डर नभई चिन्ताको विषय  भएको उल्लेख गरेका छन् ।

मतदानको मिति नजिकिँदै जाँदा, उम्मेदवारहरूले घरदैलो अभियान र्याली, सार्वजनिक सम्बोधन, लगायतका प्रयासहरू तीव्र परेका छन् भने राजनीतिक अभियान अन्तिम चरणमा प्रवेश गरेको छ ।

बङ्गलादेशको निर्वाचन कानुन अन्तर्गत मतदान सुरु हुनु भन्दा ४८ घण्टा अघि आधिकारिक प्रचार अभियान समाप्त हुन्छ । मतदान फेब्रुअरी– १२ बिहान ७.३० बजे सुरु हुने र प्रचार अभियान फेब्रुअरी–१० को साँझ ७.३० बजे समाप्त हुने जनाइएको छ ।

चुनाव प्रचारको अन्तिम समयमा ढाका-१३ निर्वाचन क्षेत्रका लागि बङ्गलादेश राष्ट्रवादी पार्टीका उम्मेदवार बबी हजाजले मतदाताको उत्साहजनाक सहभागिताबारे आशा व्यक्त गरेका छन्  । 

बङ्गलादेशमा सन् २०२४ जुलाईको विद्रोह पछि व्यापक राजनीतिक अस्थिरताको बीचमा हाल संसदीय  चुनाव हुन गइरहेको छ । 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  २ : ४५ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका