महाशिवरात्रि व्यवस्थापनमा गुठी संस्थानले दियो ४० लाख « Khabarhub

महाशिवरात्रि व्यवस्थापनमा गुठी संस्थानले दियो ४० लाख


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ४० लाख बजेट विनियोजन गरेको जनाएको छ ।  

महाशिवरात्रि पर्वको तयारीबारे मंगलबार संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थानका प्रवक्ता एवं मुख्य कानून अधिकृत जनक पोखरेलले गुठीको कूल बजेटमध्ये यस बर्षको महाशिवरात्री पर्वमा दाउरा खरिदका लागि ८ लाख रुपैयाँ र पर्व सञ्चालनका लागि ३२ लाख रुपैयाँ गरी ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । संस्थानले यस वर्षको महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पशुपति क्षेत्रमा रहेका साधुसन्तका लागि दाउरा खरिद, उनीहरूको भोजनको प्रबन्ध तथा धुनीका लागि स्थान व्यवस्थापन लगायतका काम गरिएको प्रवक्ता पोखरेलले बताए ।

फागुन ३ गते महाशिवरात्रिका दिन संस्थानको पशुपति शाखा कार्यालयबाट पञ्चामृतसहित पूजा सामाग्री पशुपतिनाथको मन्दिरमा अर्पण गरिने र सोही दिन बेलुका मन्दिर वरपर बत्ती बालिने उनले जानकारी दिए ।  

त्यसैगरि फागुन ५ गते शिवरात्रीका लागि पशुपति आएका साधुसन्तलाई योग्यता बमोजिम दक्षिणासहित बिदाइ गरिने संस्थानले जनाएको छ ।

साधु, सन्त महन्तलाई शिवरात्रि अवधिभर विभिन्न स्थानमा धुनी ताप्ने दाउरा, भोजन, जलपानको व्यवस्था गरिएको संस्थानले जानकारी दिएको छ । 


प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ३ : २८ बजे

इस्लामिक क्रान्तिका नेता खामेनीद्वारा एकताको आह्वान

एजेन्सी– इस्लामिक क्रान्तिका नेता आयातोल्ला सैय्यद अली खामेनीले इस्लामिक क्रान्तिको

गजेन्द्रनारायणको शालिकमा गाडीबाटै ‘माला फ्याँकेपछि’ विवादमा बालेन्द्र

काठमाडौं– मधेशका सम्मानित नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा परैबाट माला

गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

गण्डकी– गण्डकी प्रदेशमा यस वर्ष २१ हजार १३४ किशोरीलाई पाठेघरको

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

रामेछाप- रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको