अफगानिस्तानमा विश्व बैंकद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु « Khabarhub

अफगानिस्तानमा विश्व बैंकद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व बैंकको सहयोगमा अफगानिस्तानको गजनी प्रान्तमा तीनवटा सफा पिउने पानी आपूर्ति नेटवर्कको निर्माण सुरु भएको टोलो न्यूजले जनाएको छ ।

दुइ करोड अफगानको लागतमा ब्यान्ड, खोग्यानी र जानखान जिल्लामा निर्माण पहलहरू भइरहेका जनाइएको छ । परियोजना पूरा भए पछि यस क्षेत्रका करिब एक हजार परिवारलाई स्वच्छ पिउने पानी उपलब्ध हुने अपेक्षा गरिएको छ ।

गजनी ग्रामीण पुनर्वास तथा विकास विभागका परियोजना कार्यान्वयन प्रमुख सइद–उर–रहमान सइदले ’गजनीको खोग्यानी, अब बन्द र जानखान जिल्लामा तीनवटा जलापूर्ति आपूर्ति नेटवर्कको निर्माण सुरु भएको उल्लेख गर्दै  एक हजार घर परिवारहरू यसबाट लाभान्वित हुने बताएका छन्  ।

स्थानीय बासिन्दाहरूले लामो खडेरी पछि पिउने पानीको पहुँचमा गम्भीर चुनौतीहरूको सामना गरिरहेको जनाउदै निरन्तर सहयोग गर्न आग्रह गरेका छन् । 

गजनीको अब बन्द जिल्लाका बासिन्दाहरुले गाउँका ३०० घर मध्ये ९० प्रतिशत घरमा पानी नभएको उल्लेख गर्दै बाँकी १० प्रतिशतले टाढाका क्षेत्रबाट कार र मोटरसाइकलबाट पानी ल्याउने गरेको जनाएका छन् ।

टोलो न्यूजले रिपोर्ट गरे अनुसार गजनी ग्रामीण पुनर्वास तथा विकास विभागका अनुसार विश्व बैंकको सहयोगमा यस वर्ष प्रान्तका विभिन्न जिल्लाहरूमा १० वटा सफा पिउने पानी आपूर्ति नेटवर्कहरू सम्पन्न भइसकेका छन् । 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ३ : ३८ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका