निर्वाचन घोषणा पत्रका लागि एमालेद्वारा सुझाव संकलन « Khabarhub

निर्वाचन घोषणा पत्रका लागि एमालेद्वारा सुझाव संकलन


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधि सभाको निर्वाचन घोषणा पत्र लेखनका लागि सुझाव संकलन गरेको छ ।

पार्टीले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन घोषणा पत्र तयार गर्न पार्टी संगठन, जनवर्गीय सङ्गठनलगायतसँग सुझाव लिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । कतिपय जनवर्गीय संगठनले कार्यालयमा आएर र कसैले इमेलमार्फत एमालेलाई सुझाव पठाएका उनले बताए। 

‘हामीले जनवर्गीय सङ्गठनलगायत क्षेत्रबाट आएका सुझावलाई समेटेर घोषणा पत्रका लागि सुझाव संकलन गरिरहेका छौँ,’ उनले भने, ‘ती सुझाव संकलनको आधारमा घोषणा पत्रको अन्तिम मस्यौदा बनाउँदैछौँ ।’

फागुन पहिलो साता पार्टीको घोषणा पत्र सार्वजनिक गरिने सचिव डा. अधिकारीले बताए । एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको छ । 

कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् ।
 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ३ : ५२ बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा