गृहमन्त्री अर्यालले गरे निर्वाचनको तयारीबारे छलफल « Khabarhub

गृहमन्त्री अर्यालले गरे निर्वाचनको तयारीबारे छलफल


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन आयोग गएर निर्वाचन सुरक्षा, निर्वाचनको तयारीका लागि भइरहेको कामका बारेमा छलफल गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका बारेमा जानकारी लिन आयोग पुगेका गृहमन्त्री अर्यालले शान्तिसुरक्षा र मन्त्रालयले गरिरहेका कामका बारेमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरूसँग छलफल गरेका हुन् । 

सो अवसरमा गृहमन्त्री अर्यालले आयोगमा सञ्चालनमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रको अवलोकन गरे । 

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आगामी फागुन ३ गतेसम्म सञ्चालन भइरहेका निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरू फागुन ४ गतेपछि सञ्चालन हुने निर्वाचन प्रचारप्रसारका कार्यक्रममा सुरक्षा प्रबन्ध मिलाउन गृह मन्त्रालयले गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए ।
 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ४ : ०९ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष