प्रतिनिधिसभा निर्वाचन : सुनसरी–१ मा २६ जना मैदानमा « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : सुनसरी–१ मा २६ जना मैदानमा


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ मा २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । यहाँ राजनीतिक दलका १९ र स्वतन्त्रतर्फ सात जना प्रत्याशी छन् ।  

पुराना दल नेपाल कम्युनिष्ट (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टीसहित स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । 

यस क्षेत्रमा ३१ देखि ६८ वर्षसम्मका  उम्मेदवार मैदानमा छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ३१ वर्षीय राजकुमार लिम्बु कान्छा उम्मेदवार हुन् भने राष्ट्रिय साझा पार्टीका ६८ वर्षीय भुपी राई ज्येष्ठ हुन्।

धरान उपमहानगरपालिकाका पूर्वप्रमुख श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट सूर्य भट्टराई उम्मेदवार छन्। नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ, नेकपा एमालेबाट टिकाराम लिम्बू उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरिन तामाङ, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बू, नेपाली जनश्रमदान संस्कृति पार्टीबाट राजकुमार राई, संयुक्त नागरिक पार्टीका नरेश विक, उज्यालो नेपाल पार्टीका डम्बर लावती, नेकपा संयुक्त पार्टीबाट श्यामनारायण राजधामी, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर लिम्बू, आम जनता पार्टीबाट रायबहादुर विष्ट, जनता समाजवादी पार्टी नेपालबाट सञ्जय राई, जनता समाजवादी पार्टीबाट नगेन्द्रबहादुर लिम्बू र मितेरी पार्टी नेपालबाट रक्षकुमार राई प्रतिस्पर्धामा छन्। 

त्यसैगरी, स्वतन्त्र उम्मेदवारमा देउमान लिम्बू, सञ्जयकुमार राई, ओमकृष्ण उदास, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्मा, अजय विश्वकर्मा, चेतबहादुर राई र जीवनकला राई र हेका छन्।

यो क्षेत्रमा एक लाख ५० हजार ३९३ जना मतदाता छन्भने ४१ मतदानस्थल र १६१ मतदान केन्द्र कायम गरिएका जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।
 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ५ : १२ बजे

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका