पुटिनसँगको वार्तामा युरोपेली दृष्टिकोण आवश्यक : म्याक्रोन « Khabarhub

पुटिनसँगको वार्तामा युरोपेली दृष्टिकोण आवश्यक : म्याक्रोन


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमाथि रुसको आक्रमण सुरु भएको करिब चार वर्षपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने कुनै पनि सम्भावित वार्तामा युरोपेली साझेदारहरूलाई सामेल गरिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

गत हप्ता उनले आफ्ना शीर्ष कूटनीतिक सल्लाहकारलाई मस्को पठाएपछि सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता यो स्तरको पहिलो प्रत्यक्ष सम्पर्क मानिएको छ।

जर्मनीको सुडेउस्चे जाइटुङसहितका धेरै युरोपेली पत्रिकासँगको अन्तर्वार्तामा राष्ट्रपति म्याक्रोनले भने, ‘मैले के निष्कर्ष निकालेँ भने, रुस अहिले पनि शान्ति चाहँदैन भन्ने कुरा पुष्टि भएको छ ।’

उनले भने, ‘तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, हामीले प्राविधिक तहमा छलफलका ती च्यानलहरू पुनः निर्माण गर्न सफल भएका छौँ ।’ यो अन्तर्वार्ता मङ्गलबार प्रकाशित भएको हो ।

“मेरो चाहना भनेको यो सम्पूर्ण प्रक्रिया मेरा युरोपेली साझेदारहरूसँग साझा गर्नु र एक सुव्यवस्थित युरोपेली दृष्टिकोणका साथ अगाडि बढ्नु हो”, उनले थपे।

पुटिनसँगको वार्ता धेरै वार्ताकारहरूको भिडभाडबिनै, स्पष्ट जनादेशका साथ हुनुपर्ने उनको भनाइ छ । राष्ट्रपति म्याक्रोनले गत वर्ष युक्रेनविरुद्धको रुसको युद्ध अन्त्य गर्न वार्ताको पहल अमेरिकालाई मात्र छोड्नु उपयुक्त नहुने र युरोप आफैँले पनि पुटिनसँग पुनः सम्पर्क गर्नुपर्ने विश्वास व्यक्त गरेका छन्।

‘हामीलाई रुस मन पर्छ वा पर्दैन, रुस भोलि पनि त्यहीँ रहनेछ’, उनलाई उद्धृत गर्दै सुडेउस्चे जाइटुङले उल्लेख गरेको छ ।

‘त्यसैले युक्रेनीहरूलाई दबाब नदिई र तेस्रो पक्षहरूमा निर्भर नभई, रुसीहरूसँग युरोपेली स्तरको छलफल पुनः सुरु गर्न सकिने संरचना बनाउनु अत्यन्तै आवश्यक छ’, उनको भनाइ छ ।

गत हप्ता राष्ट्रपति म्याक्रोनले आफ्ना सल्लाहकार इमानुएल बोनलाई क्रेमलिन पठाएपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पुटिन फ्रान्सेली नेताको फोन लिन तयार रहेको बताएका थिए।

‘यदि तपाईं साँच्चिकै गम्भीरताका साथ फोन गरेर छलफल गर्न चाहनुहुन्छ भने, त्यसपछि कल गर्नुहोस्’, लाभरोभले राज्यद्वारा सञ्चालित प्रसारणकर्ता आरटीसँगको अन्तर्वार्तामा भनेका थिए ।

दुई राष्ट्रपतिबीच अन्तिम पटक जुलाईमा फोन संवाद भएको थियो । यो अढाई वर्षभन्दा बढी अवधिपछि भएको पहिलो सार्वजनिक रूपमा थाहा भएको वार्ता थियो ।

राष्ट्रपति म्याक्रोनले सन् २०२२ मा युक्रेनमा आक्रमण नगर्न पुटिनलाई चेतावनी दिन शृङ्खलाबद्ध फोन कल गरेका थिए र त्यसै वर्षको सुरुतिर मस्कोको भ्रमण पनि गरेका थिए ।

आक्रमणपछि पनि उनले पुटिनसँग केही समय फोन सम्पर्क कायम राखे । तर सेप्टेम्बर २०२२ पछि दुवै नेताबीचको संवाद पूर्ण रूपमा बन्द भएको थियो ।
 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ५ : ४७ बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु