आर्थिक सुधारको योजनासहित नेकपाले ल्यायो चुनावी प्रतिबद्धता पत्र « Khabarhub

आर्थिक सुधारको योजनासहित नेकपाले ल्यायो चुनावी प्रतिबद्धता पत्र


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि ‘आर्थिक सुधारको नयाँ चरण’ लाई केन्द्रमा राख्दै संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टीले समाजवाद उन्मुख अर्थतन्त्रको आधार निर्माणलाई मुख्य लक्ष्यका रूपमा प्रस्तुत गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबद्धता पत्र सार्वजनिक गरे । उनले वर्तमान अर्थतन्त्र गहिरो संरचनागत संकटमा रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि नीतिगत रूपान्तरण अपरिहार्य भएको बताए।

प्रतिबद्धता पत्रमा आयात, व्यापार र उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी, आत्मनिर्भर र समावेशी आर्थिक मोडलतर्फ रूपान्तरण गर्ने स्पष्ट दिशा तय गरिएको छ। विगतमा अपनाइएका नवउदारवादी नीतिहरूले अल्पकालीन रूपमा केही उत्पादन र रोजगारी सिर्जना गरे पनि दीर्घकालमा अर्थतन्त्रलाई आयात–निर्भर, गैरउत्पादनमुखी र असमान बनाएको निष्कर्ष निकालिएको छ।

‘व्यापार घाटा बढ्दो छ, राष्ट्रिय बजेट अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ, सिण्डिकेट र मिलेमतो संस्थागत छन् तथा गरिबी र आर्थिक असमानता कायमै छन्,’ प्रतिबद्धता पत्रमा उल्लेख छ। सहकारी र गैरसरकारी क्षेत्रमा नियमनको अभावले विकृति र दुरुपयोग बढेको पनि पार्टीको ठहर छ।

संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनमा पुरानो नीतिगत ढाँचाले बाधा पुर्‍याएको भन्दै पार्टीले उत्पादन वृद्धि, रोजगारी सिर्जना, वित्तीय समावेशिता र आत्मनिर्भरतामार्फत सामाजिक न्यायसहितको आर्थिक समृद्धिको नयाँ चरण प्रस्ताव गरेको छ।

प्रतिबद्धता पत्रमा राजनीतिक स्थायित्व, सुशासन र परिणाममुखी प्रशासनलाई सुदृढ गर्दै स्वाधीन र समृद्ध नेपाल निर्माणका लागि विशेष पहल गरिने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ५ : ५० बजे

नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा

१०औँ राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो साता हुने

काठमाडौं– नेपाल बास्केटबल संघको आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३

‘राष्ट्रिय समावेशी आयोगको आव २०८१/८२’ को सातौँ प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौं– राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरूले मिटरब्याजी पीडितले न्याय पाउनेदेखि

मिडियालाई ‘खोस्टो’ भन्दै विपक्षीलाई धम्की दिएर उम्किएलान् अर्थमन्त्री वाग्ले ?

काठमाडौं– बिहीबार बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम