अर्थसंक्षेप : अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार १४.०४ प्रतिशतले घटाइयो, नेप्से परिसूचक दोहोरो अंकले तल र एलपीजी ग्यास अभावपछि अनुगमनमा निस्कियो विभाग « Khabarhub

अर्थसंक्षेप : अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार १४.०४ प्रतिशतले घटाइयो, नेप्से परिसूचक दोहोरो अंकले तल र एलपीजी ग्यास अभावपछि अनुगमनमा निस्कियो विभाग


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै

बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्रता दिएको छ ।

विभागले उपभोक्तालाई अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तर रुपमा अन्य सक्षम निकायको सहयोग लिइ संयुक्त बजार अनुमगन अगाडि बढाइएको उल्लेख गरेको छ ।

खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १४.०४ प्रतिशतले घटायो

सरकारले अर्धवार्षिक समिक्षामार्फत चालू आर्थिक वर्षको बजेट खर्च अनुमान संशोधन गरेको छ । अर्थ मन्त्रालयले मंगलबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये १४ दशमलव ०४ प्रतिशतले बजेटको आकार घटाएको हो ।

जेठ १५ गते सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएकोमा त्यसलाई संशोधन गरि १६ अर्ब ८८ अर्ब ३२ करोड ६७ लाखमा झारिएको हो ।

संशोधित बजेट अनुसार चालु खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड, पुँजीगततर्फ २ खर्ब ४३ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १९ अर्ब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सुनचाँदीको मूल्य आज पनि बढ्यो

गाईभैँसी खरिद गर्न गाउँपालिकाको अनुदान

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ६ : ५६ बजे

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : सभापति थापा

सिरहा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र समुदायलाई

बागमतीका मन्त्रीको सरकारी गाडी पार्टी प्यालेसमा !

काठमाडौं- बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा

५ वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने नेकपाको लक्ष्य

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र १० हजार मेगावाट

यस्ता छन् नेकपाको चुनावी प्रतिबद्धताका कार्यक्रम र मुख्य एजेन्डा

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको