नेकपाले अबको पाँच वर्षमा पाँच लाख युवालाई रोजगारी दिने « Khabarhub

नेकपाले अबको पाँच वर्षमा पाँच लाख युवालाई रोजगारी दिने


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले मंगलबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममार्फत संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धततापत्र सार्वजनिक गरेका हुन् ।

नेकपाले यसपटक ‘सुशासन र रोजगारी समाजवादको तयारी तथा राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारा बनाएको छ ।

घोषणापत्रमै यसपटक नेकपाले सार्वजनिक पद धारणा गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न एक वर्षको समयसीमा तोकी ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने प्रतिवद्धता जनाएको छ ।

घोषणापत्रमा भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, अख्तियार र शतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली ‘लोकपाल’ गठन गर्ने र डिजिटल प्रशासनमार्फत सरकारी सेवालाई ‘फेसलेस र पेपरलेस’ बनाउने भनिएको छ।

नेकपाले आर्थिक सुधारको नाममा महत्वकांक्षी प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षभित्र आर्थिक वृद्धिद्धरको लक्ष्य १० प्रतिशत राखिएको छ । नेकपाले पाँच वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने जनाएको छ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ६ : २५ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो