‘निष्पक्ष र भयरहित निर्वाचनबाट लोकतान्त्रिक व्यवस्था संस्थागत गर्नुपर्छ’ « Khabarhub

‘निष्पक्ष र भयरहित निर्वाचनबाट लोकतान्त्रिक व्यवस्था संस्थागत गर्नुपर्छ’


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले निष्पक्ष, भयरहित र स्वच्छ ढंगले निर्वाचन सम्पन्न गर्दै संघीयता, गणतन्त्र, लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताएका छन् । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आयोजना गरेको नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव समारोह समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री खनालले वर्तमान सरकारको लक्ष्य निष्पक्ष, भयरहित र स्वच्छ ढंगले निर्वाचन सम्पन्न गर्नुभएको भन्दै निर्वाचनपछि संघीयता, गणतन्त्र, लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताएका हुन् ।

लोकतन्त्रलाई संस्थागत भए मात्रै आदिवासी जनजातिको अधिकारको रक्षा हुने उनको भनाइ छ । मन्त्री खनालले केन्द्रमा अधिकार राखेर संघीयताले काम गर्न नसक्ने उल्लेख गर्दै यसमा सबैले ध्यान दिनुपर्ने बताए ।

आगामी निर्वाचनले संघीयता, गणतन्त्र, लोकतन्त्र संस्थागत गर्न सके सबै जातजातिहरूको अधिकार, सबै जातजातिहरूको विकासको चाहना पुरा हुने उनले धारणा राखे । 

उनले आदिवासी ज्ञान सम्मेलनमा भएका छलफलको आधारमा सरकारी नीतिमा गर्नुपर्ने सुधार, स्रोतको विनियोजनमा गर्नुपर्ने सुधारको विषयमा सरकारले ध्यान दिने बताए । 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ६ : ४० बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु