भ्रमको राजनीति होइन, सत्य र परिवर्तनको पक्षमा उभिनुपर्छ : नेतृ लामा « Khabarhub

भ्रमको राजनीति होइन, सत्य र परिवर्तनको पक्षमा उभिनुपर्छ : नेतृ लामा


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेपाली कम्युनिष्ट पार्टीकी नेतृ आरती लामाले आगामी निर्वाचनको सन्दर्भमा जनतामाझ भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसको तथ्य र विवेकका आधारमा प्रतिवाद गर्नुपर्ने बताएकी छन्।

सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै लामाले राजनीति तथ्य, विचार र परिवर्तनको एजेन्डामा आधारित हुनुपर्नेमा जोड दिइन्। उनले क्रान्तिकारी इतिहास स्मरण गर्दै चे ग्वेभाराको जीवनयात्रालाई उदाहरणका रूपमा प्रस्तुत गरिन्।

 ‘चे ग्वेभारा अर्जेन्टिनामा जन्मिएर क्युबामा क्रान्ति गरे र बोलिभियामा बलिदान भए। त्यो इतिहास हामीले पढेका र बुझेका छौँ,’ उनले भनिन्।

उनले सोही सन्दर्भमा नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको राजनीतिक जीवन देश, समाज र परिवर्तनका लागि समर्पित रहेको उल्लेख गरिन्।

 ‘उहाँ गोरखामा जन्मिनुभएको भए पनि देशका सबै भूभागमा पुगेर योगदान दिनुभएको छ। आज उनी सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा आइपुग्नुभएको छ,’ लामाले भनिन्।

नेतृ लामाले गौतम बुद्धको भनाइ ‘अप्पदीपो भव’ उद्धृत गर्दै नागरिकले अरूको कुरा अन्धाधुन्ध विश्वास गर्नुको साटो आफैँ बुझेर, विश्लेषण गरेर निर्णय गर्नुपर्ने धारणा राखिन्।

उनले नेकपा परिवर्तनको प्रवाह बुझ्ने र त्यसको नेतृत्व गर्ने पार्टी भएको दाबी गर्दै भदौ २३–२४ को जनआन्दोलनको भावनालाई आत्मसात गरेर अघि बढ्न नेतृत्वले भूमिका खेलेको बताइन्।

युवाको भूमिकाबारे बोल्दै लामाले पार्टीले ४० वर्षमुनिका युवालाई नेतृत्वमा अघि सारेको र विभिन्न क्षेत्रमा युवा उम्मेदवार प्रस्तुत गरेको जानकारी दिइन्।

 ‘कमरेड नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उहाँको सचिवालयमा रहनु भएका विजय गौतम आज मकवानपुरबाट उम्मेदवार हुनुहुन्छ,’ उनले उदाहरण दिइन्।

लामाले जातीय तथा क्षेत्रीय भावनामा खेल्ने प्रयासलाई गलत सन्देश फैलाउने प्रवृत्ति भन्दै त्यसप्रति सचेत रहन आग्रह गरिन्। मधेशलाई भोट बैंकका रूपमा प्रयोग गर्ने, सामाजिक सञ्जालमार्फत गालीगलौज र अपमानलाई राजनीतिक हतियार बनाउने अभ्यासप्रति पनि उनले आपत्ति जनाइन्।

उनले सभ्य, संस्कारयुक्त र सबैलाई सम्मान गर्ने राजनीतिक संस्कृतिको पक्षमा नेकपा दृढ रहेको उल्लेख गर्दै युवालाई तथ्य, विचार र सिद्धान्त बोकेर जनतामाझ जान आह्वान गरिन्।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ६ : ३९ बजे

नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा

१०औँ राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो साता हुने

काठमाडौं– नेपाल बास्केटबल संघको आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३

‘राष्ट्रिय समावेशी आयोगको आव २०८१/८२’ को सातौँ प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौं– राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरूले मिटरब्याजी पीडितले न्याय पाउनेदेखि

मिडियालाई ‘खोस्टो’ भन्दै विपक्षीलाई धम्की दिएर उम्किएलान् अर्थमन्त्री वाग्ले ?

काठमाडौं– बिहीबार बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम