प्रचण्डका नजरमा कांग्रेस-एमाले यथास्थितिवादी, रास्वपा विध्वंशकारी र राप्रपा प्रतिगामी शक्ति « Khabarhub

प्रचण्डका नजरमा कांग्रेस-एमाले यथास्थितिवादी, रास्वपा विध्वंशकारी र राप्रपा प्रतिगामी शक्ति


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अन्य राजनीतिक दलहरूप्रति कडा टिप्पणी गरेको छ ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गरेको पत्रमा ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ मुख्य नारा अघि सारिएको छ ।

पार्टीले चुनावी प्रतिस्पर्धालाई चार प्रकारका शक्तिमा वर्गीकरण गरेको छ ।

पहिलो क्रान्तिकारी शक्ति : नेकपा मात्रै हो, जसले समाज रूपान्तरणको स्पष्ट दृष्टिकोण र समाजवादी कार्यदिशा अँगालेको छ ।

दोस्रो स्थितिवादी शक्ति : नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिनिधित्व गर्छन्, जसले मुलुकलाई अहिलेको अवस्थाबाट अगाडि बढाउने कुनै नवीन अवधारणा प्रस्तुत गरेका छैनन्, उनीहरू स्थितिमै रहन चाहन्छन् ।

तेस्रो पपुलिस्ट शक्ति : आफूलाई नयाँ भन्ने तर सिद्धान्त र दृष्टिकोणविहीन, २०७४ को विध्वंस मच्चाउने तत्वसँग जोडिएको शक्ति हो, जसले देशका समस्या समाधान गर्ने कुनै दृष्टिकोण प्रस्तुत गरेको छैन । नेकपाले यसरी व्याख्या गरेको शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी हो ।

चौथो प्रतिगामी पुनरुत्थानवादी शक्ति : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हो, जसले जनक्रान्तिद्वारा उखेलेर फ्याँकिएको राजतन्त्र फर्काउन चाहन्छ, यो देशलाई अगाडि होइन पछाडि धकेल्ने चालबाजी मात्र हो । राप्रपालाई प्रतिगामी शक्ति भन्दै राजतन्त्र फर्काउने प्रयासलाई देशलाई पछाडि धकेल्ने चालबाजी भनेको छ ।

‘व्यवस्था बदलेका हामीले हो, अब अवस्था पनि हामीले नै बदल्छौं’ भन्दै नेकपाले मतदातालाई क्रान्तिकारी शक्ति छान्न आह्वान गरेको छ ।

यथास्थितिवादी दलहरूप्रति नेकपाको आक्रोश

नेकपाले प्रतिबद्धता पत्रमा राजनीतिक स्थिरताका लागि संविधान संशोधन प्रस्ताव गर्दै अन्य दलहरूलाई ‘स्थितिवादी’ को संज्ञा दिएको छ ।

एमाले र कांग्रेसले अहिलेको अवस्थालाई कायम राख्न मात्र चाहेको र कुनै नयाँ दृष्टिकोण नदिएको आरोप लगाएको छ । पार्टीले शासकीय स्वरूप परिमार्जन, खर्चिलो निर्वाचन प्रणाली परिवर्तन, सानो मन्त्रिपरिषद् र संघीयताको प्रभावकारी कार्यान्वयन गर्ने योजना अघि सारेको छ ।

‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संघीयताको रक्षा’ नारासहित युवा पुस्ताको भावनालाई समेटेर संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ६ : ५४ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति