गगनको राजीनामा होइन, महाधिवेशन मिति घोषणा गरौँ : किरण गिरी « Khabarhub

गगनको राजीनामा होइन, महाधिवेशन मिति घोषणा गरौँ : किरण गिरी


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य किरण गिरीले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग्नु उचित नभएको बताएका छन् । उनले अहिलेको आवश्यकता थापाको राजीनामा होइन, १५ औँ महाधिवेशनको मिति घोषणा गरी पार्टीलाई संगठनात्मक रूपमा अघि बढाउनु रहेको बताए ।

गिरीले विशेष महाधिवेशनबाट २०८२ माघ १ गते निर्वाचित नेतृत्वले स्पष्ट नीति, कार्यक्रम र एजेन्डा तय गर्दै ५० दिनमै १६५ निर्वाचन क्षेत्रमा आमनिर्वाचन सामना गर्नु आफैँमा सफल र सराहनीय काम भएको उल्लेख गरेका छन् । उनका अनुसार समयको दबाब, युवा पुस्ताको आकांक्षा र पार्टीभित्रको परिस्थितिका कारण विशेष महाधिवेशन आवश्यक र अपरिहार्य थियो ।

उनले नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन ढिलो भए पनि त्यसले पार्टीलाई नयाँ दिशातर्फ लैजाने अवसर दिएको बताए । गिरीका अनुसार २०७२ सालपछि कांग्रेसले स्पष्ट राजनीतिक बाटो समात्न नसक्दा चुनावी परिणाममा असर परेको हो ।

गिरीले सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माको पहलमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको र समानुपातिकतर्फ करिब १९ सांसद आउने अवस्था बनेको उल्लेख गरे। देउवा समूहको बहिष्कार र असहयोगका बाबजुद पनि कांग्रेसले करिब ३७ स्थानमा उपस्थिति बनाउनु सकारात्मक परिणाम भएको उनको भनाइ छ ।

उनले अहिले सभापति थापाको राजीनामा माग्नुको सट्टा पार्टीलाई १५ औँ महाधिवेशनतर्फ लैजानु आवश्यक भएको बताए। साथै चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सभापति थापा र उपसभापति शर्माले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।

गिरीले अब तत्काल केन्द्रीय कार्यसमिति बैठक बसेर आमनिर्वाचनको परिणामको गम्भीर समीक्षा गर्नुपर्ने, पुराना नेताहरूको भूमिकाको विश्लेषण गर्नुपर्ने र पार्टीको आगामी रणनीति तय गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ११ : ५२ बजे

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व