नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ? « Khabarhub

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका लागि ‘सुरुङमार्ग उपभोग दस्तुर’ निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को गत भदौ २६ गतेको निर्णयअनुसार विभिन्न ४ वर्गका सवारीका लागि फरक–फरक शुल्क तोकेको हो ।

सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीबाट दस्तुर लिने निर्णय गरिएको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलद्वारा जारी सूचनामा उल्लेख छ ।

सरकारले तोकेको नयाँ दररेट अनुसार काठमाडौँ प्रवेश गर्दा र काठमाडौँबाट बाहिरिँदा लाग्ने शुल्कमा केही भिन्नता देखिएको छ । कार, भ्यान, पिकअप, ट्रयाक्टर र माइक्रो बस जस्ता हल्का सवारी साधन (वर्ग १) ले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

सबैभन्दा महँगो शुल्क मल्टि एक्सल ट्रक र भारी उपकरणका लागि ६ सय रुपैयाँ तोकिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यसले नागढुंगाको जाम कम गर्ने र इन्धन बचतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, सर्वसाधारण र यातायात व्यवसायीले भने यो अतिरिक्त दस्तुरबारे आपत्ति जनाएका छन् ।

सवारीको किसिम कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रो बस र अन्य हल्का सवारी प्रेवेश ६५ बाहिरिँदा ६०, मिनी बस, मिनी ट्रिपर/ट्रक ११५/८०, बस, ट्रक (सिङ्गल रियर एक्सल) २६०/२००, मल्टि एक्सल ट्रक, भारी उपकरण र ठूला सवारी साधन ६००/२५० दर तोकिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ०२ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि