नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ? « Khabarhub

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका लागि ‘सुरुङमार्ग उपभोग दस्तुर’ निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को गत भदौ २६ गतेको निर्णयअनुसार विभिन्न ४ वर्गका सवारीका लागि फरक–फरक शुल्क तोकेको हो ।

सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीबाट दस्तुर लिने निर्णय गरिएको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलद्वारा जारी सूचनामा उल्लेख छ ।

सरकारले तोकेको नयाँ दररेट अनुसार काठमाडौँ प्रवेश गर्दा र काठमाडौँबाट बाहिरिँदा लाग्ने शुल्कमा केही भिन्नता देखिएको छ । कार, भ्यान, पिकअप, ट्रयाक्टर र माइक्रो बस जस्ता हल्का सवारी साधन (वर्ग १) ले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

सबैभन्दा महँगो शुल्क मल्टि एक्सल ट्रक र भारी उपकरणका लागि ६ सय रुपैयाँ तोकिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यसले नागढुंगाको जाम कम गर्ने र इन्धन बचतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, सर्वसाधारण र यातायात व्यवसायीले भने यो अतिरिक्त दस्तुरबारे आपत्ति जनाएका छन् ।

सवारीको किसिम कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रो बस र अन्य हल्का सवारी प्रेवेश ६५ बाहिरिँदा ६०, मिनी बस, मिनी ट्रिपर/ट्रक ११५/८०, बस, ट्रक (सिङ्गल रियर एक्सल) २६०/२००, मल्टि एक्सल ट्रक, भारी उपकरण र ठूला सवारी साधन ६००/२५० दर तोकिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ०२ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर