नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु « Khabarhub

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र आर्चब्रीज १० वर्ष बित्दा पनि बेवारिसे बनेको छ ।

१० वर्ष बितिसक्दा पनि पुल निर्माण नभए पछि स्थानीयको चर्को दबाबका बिच जीर्ण अवस्थाको करिब ४४/४५ साल पुरानो तामाकोशी स्टिल ट्रस पुललाई नै मर्मत तथा रंगरोगन गर्न सुरु गरिएको छ ।

२०३८/०३९ सालमा लामोसाँघु-जिरी सडकसँगै निर्माण गरिएको उक्त पुल सडकको पुरानो रुपरेखा फेरिए पनि पुलभने अझै जीर्ण अवस्थामा रहेको छ ।

पुरानो स्टिल ट्रस पुलको नटवोल्ड फेर्ने र पुरानो खिँया सफा गरेर रंगरोगन गर्न पुल महाशाखा सेक्टर नम्बर-२ पुल विभाग काठमाडौंले लाखौं खर्चेर चैत पहिलो सातादेखि उक्त पुरानो पुलको मर्मत कार्य सुरु गरेको छ।

निर्माण कम्पनी नीलगिरी-नेसनल जेभीलाई आर्च डिजाइनको पुल निर्माणको लागि २०७२/०७३ मा निर्माण सम्झौता गरिए पनि निर्माण कम्पनी र विभाग बिचआर्च ब्रीज निर्माण गर्न ठेक्का सम्झौता गरिए पनि हालसम्म करिब ३०/३५ प्रतिशत काम सकिए पनि त्यस यताको काम भने बेवारिसे बन्न पुगेको छ।

दशकौँ अघि बनेको पुरानो पुलको भारवहन क्षमता समाप्त हुँदै गर्दा उक्त जोखिमको नजरअन्दाज गर्दै पुल महाशाखाले अहिले पुल मर्मत तथा रङरोगन गर्न सुरु गरेको छ । 

रङ लगाउन सुरु गरिएपछी स्थानीयले सरकारी ढिलासुस्ती छोप्ने काम भएको दुखेसो गरेका छन् ।

निर्माणका लागि २०७३ साल भदौमा नीलगिरि–नेसनल जेभीसँग सम्झौता भएको थियो । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो ७५ मिटर लामो आरसीसी आर्च पुल निर्माण सुरु भएको १० वर्ष पुग्न लाग्दा पनि अझै अलपत्र अवस्थामा छ ।

झण्डै १० करोडको लगानीमा बन्न लागेको यो आयोजना ठेकेदारको ढिलासुस्ती र सरकारी निकायको फितलो अनुगमनका कारण कहिले सम्पन्न हुने हो भन्ने कुनै टुङ्गो छैन । 

पुल निर्माण सुरु भएको जस्तो देखिए पनि निर्माण ब्यवसायीले अलपत्र छोड्दा नयाँ पुल भएर सवारी साधन गुड्ने स्थानीयको सपना अझै अधुरै बनेको छ । 

  • करिब ४५ वर्ष पुरानो ट्रस पुलको रंगरोगन तथा मर्मत 

तामाकोसीको पुरानो पुल अहिले अत्यन्तै जोखिमपूर्ण अवस्थामा छ । करिब ४५ वर्षको पुरानो पुलको फलामे पुलका जोर्नीहरू खिएका छन् भने ठूला सवारी साधन गुड्दा पुल निकै हल्लिने गर्दछ ।

कुनै पनि बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने यस्तो गम्भीर समस्या समाधानका लागि नयाँ पुल छिटो सञ्चालन गर्न दबाब दिनुको सट्टा विभागले पुरानै पुललाई रङ लगाएर नयाँ जस्तै देखाउन खोज्नु रहस्यमय र जोखिमपूर्ण रहेको भन्दै सामाजिक संजालमा चर्को आलोचना हुन थालेको छ । 

स्थानीय बासिन्दाहरूले रङरोगनले पुलको आयु नथप्ने र यसले झन् दुर्घटनाको जोखिमलाई मात्र लुकाउने भन्दै विभागको यस्तो कार्यलाई राज्यकोषको दुरुपयोगको हुने बताएका छन् ।

नयाँ पुल सञ्चालनमा नआउँदा दैनिक सयौँको संख्यामा गुड्ने सवारी साधनले जोखिम मोलेरै ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको छ।

चरिकोट, जिरी र छिमेकी जिल्ला रामेछाप तथा पूर्व तराईसम्मको यातायात सम्पर्क यही एउटा जीर्ण पुलमा अडिएको छ । 

पुलको दयनीय अवस्थाले गर्दा चालक र यात्रुहरू सधैँ त्रसित रहने गरेका छन् । 

पटक–पटकको ताकेता र विरोधका बाबजुद ठेकेदारलाई कारबाही गरी काम सम्पन्न गराउन नसक्नुले स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको कार्यक्षमतामाथि समेत प्रश्न उठेको छ । 

रङरोगनको आडमा समस्यालाई पन्छाउनुको साटो नयाँ पुललाई तत्काल सञ्चालन योग्य बनाउनु नै अहिलेको एकमात्र विकल्प देखिएको छ।

  • पुल अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन, ठेक्का तोड्ने तयारी 

तामाकोशी पुल निर्माणमा भएको ढिलाइ र मर्मत सम्भारको विषयमा पुल सेक्टर काठमाडौँकी प्रमुख रत्नलक्ष्मी बज्राचार्यले निर्माण व्यवसायीको लापरवाहीका कारण काम अगाडि बढ्न नसकेको बताइन् ।

उनका अनुसार ठेक्का सम्झौता गरेको निलगिरी नेशनल जेभीका प्रतिनिधिहरू हाल सम्पर्कमा नरहेको र काममा पनि नफर्किएकाले अब ठेक्का तोड्ने अवस्थामा पुगेको छ । 

कार्यालयले वैशाख मसान्तसम्मको समयसीमा तोकेको जानकारी दिँदै सो अवधिभित्र खोलामा ’रिग’ मेसिन राखेर काम सुरु नभए जेठ मसान्तपछि प्रक्रियागत रूपमै ठेक्का रद्द गरिने उनले बताइन् ।

  • पुलको रंगरोगन र मर्मत गर्न झण्डै दुई करोड खर्च गरिने 

त्यस्तै हाल सञ्चालनमा रहेको वर्षौँ पुरानो पुलको मर्मत र रङरोगनको विषयमा जानकारी दिँदै प्रमुख बज्राचार्यले सुनकोशी र तामाकोशी दुवै नदीका पुलहरूको मेम्बर फेर्ने र रङ लगाउनका लागि करिब साढे दुई करोड रुपैयाँको बजेट विनियोजन भई काम भइरहेको बताइन्। 

निर्माण व्यवसायीले ’काम गर्छु’ भनी मौखिक प्रतिबद्धता जनाए पनि व्यवहारमा कुनै प्रगति नदेखिएकोले अब सरकारीस्तरबाटै ठेक्का तोड्ने तयारी अन्तिम चरणमा पुगेको उनले बताइन् ।  सुवाश बस्नेत /दोलखा

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  २ : १५ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई