रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो « Khabarhub

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति विश्वास गर्न नसकिने उदाहरण यस पटक बनेको बताएकी छन् ।

प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि डाकिएको संसद् बैठकलाई शुक्रबार सम्बोधनका क्रममा उनले यस्तो बताएकी हुन् ।

सम्बोधनका क्रममा ओलीले रास्वपाले सुरूबाटै आफूहरूलाई सघाउने बचन दिएर अन्तितममा धोका दिएको बताइन् । उनले राप्रपालाई सघाउने भनिसकेर अन्तिममा अर्कै उम्मेदवार (श्रमसंस्कृतिकी रूबीकुमारी ठाकुर) लाई उपसभामुखका समर्थन गरेको भन्दै असन्तुष्टि जनाइन्।

उपसभामुख पदका लागि राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबीकुमारी ठाकुर उम्मेदवार छन्। यस्तोमा राप्रपा उम्मेदवार लामाको पक्षमा समर्थन व्यक्त गर्दै ओलीले रास्वपाप्रति रोष प्रकट गरेकी हुन् । यसअघि सुरूमा खुश्वु नै राप्रपाबाट उपसभामुखको उम्मेदवार बन्ने चर्चा थियो ।

रास्वपा सभापति रवि लामिछानेले सहयोग गर्ने प्रतिबद्धता दिएकै कारण राप्रपाले उम्मेदवारी दर्ता गराएको पनि उनले उल्लेख गरिन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उदाउँदै गरेको राजनीतिक यात्रामै आफ्नै शब्द र प्रतिबद्धताप्रति विश्वास गर्न नसकिने नजीर प्रस्तुत गरेको छ’, धोका पाएको बताउँदै उनले भनिन्, ‘रास्वपाले सुरूमै पुरानै दलको प्रवृत्ति देखाएको छ ।’

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ५ : १६ बजे

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने