उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले « Khabarhub

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई तटस्थ राखेको छ।

प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि डाकिएको संसद् बैठकलाई सम्बोधनका क्रममा एमाले सांसद मोहम्मद इस्तियाक राईले यसबारे जानकारी दिएका हुन् ।

‘उपसभामुखको निर्वाचनमा एमालेले तटस्थ बस्ने निर्णय गरेको छ’, उनले भने, ‘हाम्रो उम्मेदवारी पनि नरहेकाले हामीले कसैको पक्षमा मतदान नगर्ने निर्णय गरेका छौँ ।’

एमाले अहिले प्रतिनिधि सभामा २५ जना सांसदसहित तेस्रो दलको हैसियतमा छ । ३७ सिटसहित कांग्रेस प्रमुख प्रतिपक्षी दलका रुपमा छ ।

यस पटक उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनसहित श्रमसंस्कृति पार्टीकी रुबीकुमारी ठाकुर मैदानमा छिन् । उनले जित्ने पक्का भइसकेको छ। उता राष्ट्रिय प्रजातन्त्र पार्टीले सरस्वती लामालाई उम्मेदवार बनाएको छ। राप्रपाको पक्षमा अन्य कुनै दल उभिएका छैनन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ५ : २२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप