उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले « Khabarhub

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई तटस्थ राखेको छ।

प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि डाकिएको संसद् बैठकलाई सम्बोधनका क्रममा एमाले सांसद मोहम्मद इस्तियाक राईले यसबारे जानकारी दिएका हुन् ।

‘उपसभामुखको निर्वाचनमा एमालेले तटस्थ बस्ने निर्णय गरेको छ’, उनले भने, ‘हाम्रो उम्मेदवारी पनि नरहेकाले हामीले कसैको पक्षमा मतदान नगर्ने निर्णय गरेका छौँ ।’

एमाले अहिले प्रतिनिधि सभामा २५ जना सांसदसहित तेस्रो दलको हैसियतमा छ । ३७ सिटसहित कांग्रेस प्रमुख प्रतिपक्षी दलका रुपमा छ ।

यस पटक उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनसहित श्रमसंस्कृति पार्टीकी रुबीकुमारी ठाकुर मैदानमा छिन् । उनले जित्ने पक्का भइसकेको छ। उता राष्ट्रिय प्रजातन्त्र पार्टीले सरस्वती लामालाई उम्मेदवार बनाएको छ। राप्रपाको पक्षमा अन्य कुनै दल उभिएका छैनन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ५ : २२ बजे

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका

इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा

काठमाडौँ – अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने महत्वपूर्ण वार्ताका

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको