इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा « Khabarhub

इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने महत्वपूर्ण वार्ताका लागि पाकिस्तान प्रस्थान गरेका छन् । प्रस्थानअघि उनले इरानलाई स्पष्ट सन्देश दिँदै ‘इमान्दारीपूर्वक वार्ता गर्नुपर्ने र कुनै पनि किसिमको चालबाजी नगर्न’ चेतावनी दिएका छन् ।

भान्सले भने, ‘यदि इरान राम्रो नियतका साथ वार्तामा बस्छ भने संयुक्त राज्य अमेरिका पनि खुला रूपमा संवाद गर्न तयार छ। तर कुनै किसिमको धूर्तता देखिए अमेरिकाले कडा जवाफ दिने छ।’

पाकिस्तानको राजधानी इस्लामाबादमा दुवै देशबीच उच्चस्तरीय बैठक तय भए पनि वार्ता अघि नै अन्योल देखिएको छ। इरानी प्रतिनिधिमण्डल अझैसम्म पाकिस्तान नपुगेको जनाइएको छ। यसअघि इरानी टोली इस्लामाबाद पुगिसकेको भन्ने समाचार आए पनि इरानी सञ्चारमाध्यमहरूले त्यसलाई अस्वीकार गरेका छन् ।

रिपोर्टहरूका अनुसार, इरानले लेबनानमा भइरहेको इजरायली आक्रमणप्रति असन्तुष्टि जनाउँदै वार्तामा कडा अडान लिएको छ। यही कारण वार्ताको वातावरण थप जटिल बनेको छ।

यसअघि अप्रिल ८ मा अमेरिका र इरानबीच दुई साताको युद्धविराम गर्ने सहमति भएको थियो । सोही सहमतिपछि अहिले दुवै देशबीच विभिन्न संवेदनशील विषयमा वार्ता हुन लागेको हो।

यस्ता छन् वार्ताका मुख्य एजेन्डा

आणविक कार्यक्रम: अमेरिकाले इरानले युरेनियम संवर्धन नगर्ने, उच्च स्तरको संवर्धित युरेनियम बाहिर पठाउने तथा आणविक संरचनाहरू बन्द वा सीमित गर्ने माग राखेको छ।

होर्मुज जलडमरू: होर्मुज जलडमरूबाट विश्वको ठूलो हिस्सा तेल–ग्यास ढुवानी हुने भएकाले अमेरिका यसलाई खुला र निशुल्क राख्न चाहन्छ भने इरानले नियन्त्रणसहित शुल्क उठाउने पक्षमा छ।

बैलिस्टिक मिसाइल कार्यक्रम : अमेरिकाले इरानका लामो दूरीका क्षेप्यास्त्र कार्यक्रम रोक्न चाहन्छ। याे विषयमा पनि महत्वपूर्ण छलफल हुने बताइएकाे छ ।

प्रतिबन्ध हटाउने : इरानले सबै अमेरिकी तथा अन्तर्राष्ट्रिय प्रतिबन्ध तत्काल हटाउने, जफत सम्पत्ति फिर्ता गर्ने र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेको छ।

दुवै देशबीचको यो वार्ता मध्यपूर्वको सुरक्षा, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ८ : ४६ बजे

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको