आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित « Khabarhub

आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७७ रनले हराएको हो ।

गुजरातले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५२ रनमा समेटियो ।

राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रनको योगदान दिए । यस्तै, वैभव सूर्यवंशीले ३६, ध्रुव जुरेलले २४, दसुन शनकले १६ तथा शुभम् दुवेले १५ रन जोडे ।

गुजरातका राशिद खानले सबैभन्दा बढी ४ विकेट लिए । यस्तै, जेसन होल्डरले ३ तथा कागिसो रबाडाले २ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २९ रन बनाएको थियो ।

गुजरातका लागि शुभमन गिलले ८४ तथा साई सुदर्शनले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, वासिङ्टन सुन्दरले ३७ रन बनाए ।

राजस्थानका ब्रिजेश शर्माले २, रविन्द्र जडेजा र यश पुञ्जाले १–१ विकेट लिए ।

यो जितसँगै गुजरात टाइटन्स ११ खेलबाट १४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित भएको राजस्थान रोयल्स समान खेलबाट १२ अंकका साथ पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ५ : ५७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल