कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर « Khabarhub

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ।

बेलायती सेनाले बताएअनुसार आइतबार कतारको तटनजिकै एक सामान बाोकेको जहाज अज्ञात प्रोजेक्टाइलले लागेर आगो लागेको छ।

युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स सेन्टरका अनुसार मालवाहक जहाजमा सानो आगो लागेको थियो, जसलाई पछि निभाइएको छ।

अधिकारीहरूले यो घटनामा कुनै पनि घाइते नभएको बताएका छन्।

खार्ग टापुनजिक ठूलो तेल चुहावट

इरानको खार्ग टापु नजिक समुद्रमा ठूलोमात्रामा तेल चुहिएको छ। यो ठाउँ इरानका लागि अत्यन्त महत्वपूर्ण छ । यहाँबाट देशको ठूलो हिस्साको तेल विदेश पठाइन्छ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार स्याटेलाइट तस्बिरहरूमा समुद्रमा फैलिएको तेल देखिएको छ। बिहीबारसम्म यो करिब २० वर्ग माइल क्षेत्रमा फैलिसकेको थियो।

अर्बिटल ईओएस नामक संस्थाका अनुसार ३ हजार ब्यारलभन्दा बढी तेल समुद्रमा बग्ने सम्भावना छ।

तेल कसरी चुहियो भन्ने अझै स्पष्ट छैन। तर रिपोर्टमा होर्मुज स्ट्रेटमा तनाव र अमेरिकाको समुद्री नाकाबन्दीका कारण इरानको तेल प्रणालीमा ठूलो दबाब परिरहेको छ।

तेल चुहावट भएर साउदी अरेबिया तर्फ बढिरहेको देखिन्छ, जसले पर्यावरणलाई क्षति पुर्‍याउने चिन्ता बढाएको छ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १ : १२ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ