पर्यटकीय क्षेत्र नगरकोटमा लुटपाट, वृद्धाको हत्या प्रयास « Khabarhub

पर्यटकीय क्षेत्र नगरकोटमा लुटपाट, वृद्धाको हत्या प्रयास


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काभ्रे– पर्यटकीय क्षेत्र नगरकोटमा एक महिलामाथि लुटपाटसँगै हत्या प्रयास भएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मण्डनदेउपुर नगरपालिका–२ नगरकोटस्थित मल्ल रिसोर्टमा काम गर्न जाँदै गरेकी स्थानीय ६२ वर्षीया विमला गुरुङमाथि आइतबार बिहान करिब ९ बजे आक्रमण भएको थियो । लुटपाटपछि उनको हत्या प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पीडितले दिएको विवरणका आधारमा अट्टेडाँडा अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–७ घर भई हाल मण्डनदेउपुर नगरपालिका–२ मा बसोबास गर्दै आएका ४० वर्षीय हरिबहादुर खत्री (जीवन) रहेका छन्।

प्रहरी हवल्दार लक्ष्मण यादव र प्रहरी सहायक हवल्दार सुरेन्द्र कुमालको टोलीले खत्रीलाई शंकास्पद अभियुक्तका रूपमा नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका खत्रीको साथबाट १ तोला ४ आनाको बेरुवा रिङ बरामद गरेको जनाएको छ।

घटनाको थप अनुसन्धानका लागि अभियुक्तलाई पाँचखाल प्रहरी चौकीका इन्स्पेक्टर प्रशान्त तामाङको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ५ : १४ बजे

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन