नेपाल–चीन कृषि सहकार्यमा नयाँ सुरूवात : खोकनामा ‘छोङछिङ-नेपाल तरकारी तालिम केन्द्र’ « Khabarhub

नेपाल–चीन कृषि सहकार्यमा नयाँ सुरूवात : खोकनामा ‘छोङछिङ-नेपाल तरकारी तालिम केन्द्र’


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिसँग जोड्दै ग्रामीण अर्थतन्त्रमा रूपान्तरण ल्याउने उद्देश्य ललितपुरको खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ निर्माण थालिएको छ।

बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसूदन पौडेल, चिनियाँ दूतावासका प्रतिनिधि यू पेङचेङ र चीन फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी निर्देशक सु झियाङले आइतबार संयुक्त रूपमा केन्द्रको शिलान्यास गरे ।

यस केन्द्रको स्थापनासँगै खोकना अब परम्परागत कृषिबाट आधुनिक र व्यावसायिक कृषिको अन्तर्राष्ट्रिय नमुना केन्द्र बन्ने दिशामा अग्रसर भएको छ।

उक्त अवसरमा ‘२०२६ तरकारी प्राविधिक तथा उच्च प्रविधि उपकरण प्रयोग तालिम कार्यक्रम’ को समेत औपचारिक शुभारम्भ गरिएको छ।

चीन सरकारको ‘चीन–दक्षिण एसियाली मुलुक गरिबी निवारण तथा सहकारी विकास केन्द्र-नेपाल भाइब्रेन्ट भिलेज’ पहल अन्तर्गत सञ्चालित यो परियोजनाले खोकना र दक्षिणकालीलाई कृषि आधुनिकीकरणको नमुना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

समारोहलाई सम्बोधन गर्दै ग्लोबल को-अपरेसन फर डेभलपमेन्टका अध्यक्ष मुक्ति मरासिनीले यस क्षणलाई नेपाली कृषिको भविष्यका लागि एउटा ‘ऐतिहासिक र जीवन्त प्रतिबद्दता भएको बताए।

यो केन्द्र इँटा र सिमेन्टको संरचना मात्रै नभई नेपाली किसान, विशेषगरी महिला र युवाहरूका लागि जलवायु–मैत्री प्रविधि, आधुनिक ग्रीनहाउस, एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) र फसल उप्रान्तको प्रशोधन विधि सिक्ने एउटा स्थायी साझा मञ्च हुने उनको भनाइ छ।

‘बीउले यो सोध्दैन कि ऊ चिनियाँ हो कि नेपाली, उसलाई त केवल राम्रो माटो, पानी र हेरचाह चाहिन्छ,’ मरासिनीले भने, ‘आज हामीले चीन–नेपाल मित्रताको पानीले यो माटो तयार गरेका छौँ।’

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत पनि उपस्थित थिए । स्थानीय तहमा ग्रामीण रूपान्तरणका लागि यो साझेदारी महत्त्वपूर्ण हुने उनीहरूले बताए ।

हाल खोकना र दक्षिणकालीमा उत्पादित ताजा तरकारी स्थानीय बजारमा मात्रै सीमित नभई कतारसम्म निर्यात हुन थालेका छन्। चिनियाँ विशेषज्ञहरूको प्रत्यक्ष प्राविधिक रेखदेखमा सञ्चालित यस आयोजनाले ६० भन्दा बढी किसान परिवारलाई प्रत्यक्ष लाभान्वित तुल्याएको छ।

मुख्य अतिथि मन्त्री पौडेलले तालिम केन्द्रले किसानको प्राविधिक ज्ञान बढाउन र रोजगारी सिर्जना गर्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।

त्यस्तै, चीन फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी निर्देशक सु झियाङले यो सहकार्यले नेपाल–चीन बीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने बताइन्।

बितेको एक वर्षमा चीन फाउन्डेसन फर रुरल डेभलपमेन्टले चितवनमा हाइब्रिड धान, झापामा मत्स्यपालन र पशुपालन जस्ता परियोजनाहरू सफलतापूर्वक सञ्चालन गरिसकेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ६ : ५१ बजे

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी

६ जना फरार प्रतिवादी पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका ६ जना फरार