छुरा प्रहारबाट युवकको हत्या « Khabarhub

छुरा प्रहारबाट युवकको हत्या


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ। आज धरान उपमहानगरपालिका–१९ मा स्थानीय युवाहरूबीच भएको सामान्य विवादका क्रममा छुरा प्रहार हुँदा धरान उपमहानगरपालिका–१० का २८ वर्षीय जीवन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित विराट नर्सिङहोम लगिएकामा उपचारका क्रममा आज दिउँसो भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेबेले जानकारी दिए।

घटनामा छुरा प्रहार गर्ने धरान उपमहानगरपालिका–१९ का अर्जुन विश्वकर्मा फरार रहेकाले खोजी कार्य तीव्र पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १० : ०२ बजे

यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

पेरिस- उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान

वर्षमानको टिप्पणी : रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गर्‍यो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

लुम्बिनी– नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका