नाइजेरिया र भारतबीच टेक्सटाइल र वित्तीय क्षेत्रमा सहकार्यका लागि नयाँ पहल « Khabarhub

नाइजेरिया र भारतबीच टेक्सटाइल र वित्तीय क्षेत्रमा सहकार्यका लागि नयाँ पहल


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नाइजेरियाको राजधानी अबुजामा औद्योगिक रूपान्तरणका लागि वृहद छलफलको आयोजना गरिएको छ । नाइजेरिया र भारतका व्यापारिक प्रतिनिधिहरूले औद्योगिक रूपान्तरणमा नयाँ पहल सुरु गरेका छन् । उनीहरूले नाइजेरियाको टेक्सटाइल (कपडा) उद्योगको पुनरुत्थानमा जोड दिएका छन्। साथै महिला उद्यमीका लागि वित्तीय पहुँच बढाउन पनि उनीहरुले जोड दिएका छन् ।

नाइजेरिया–भारत टेक्सटाइल बिजनेस राउन्डटेबलमा निजी क्षेत्र र व्यापारिक साझेदारहरूको सहभागिता थियो । उनीहरूले यो सहकार्यबाट रोजगारी र निर्यात बढ्ने विश्वास राखेका छन् । नाइजेरियन चेम्बर अफ कमर्सका अध्यक्ष जानी इब्राहिमले देशको कपडा उद्योग संकटमा रहेको बताए । उनका अनुसार माग उच्च भए पनि उत्पादन एकदमै घटेको छ ।

नाइजेरियाले सन् २०२५ मा मात्रै १ ट्रिलियन नाइराभन्दा बढीको कपडा आयात गरेको थियो । अर्कोतर्फ देशको निर्यात भने निकै कमजोर देखिएको छ । आयातमा खर्च हुने रकम स्वदेशी किसान र व्यवसायीमा लगानी हुनुपर्ने उनको भनाइ छ । उनका अनुसार सही संरचना बनेमा यो क्षेत्र फेरि फस्टाउन सक्छ।

यस पटक भारतसँगको औद्योगिक साझेदारीलाई मुख्य प्राथमिकता दिइएको छ । भारत संसारकै ठूला कपडा उत्पादक देशहरूमध्ये एक हो । भारतले नाइजेरियालाई मेसिनरी आपूर्ति र प्रविधि हस्तान्तरणमा सहयोग गर्ने अपेक्षा गरिएको छ । कपडा उत्पादन हुने क्षेत्रहरूमा विशेष औद्योगिक क्लस्टरहरू बनाउने प्रस्ताव गरिएको छ । यसका लागि भारतका सुरत र कोइम्बटोर जस्ता औद्योगिक सहरहरूसँग सहकार्य हुनेछ ।

दुई देशबीच तालिम र व्यापारिक भेटघाटहरू पनि सञ्चालन गरिनेछ । नाइजेरियाको कपडा उद्योगमा पुराना मेसिन र पुँजीको अभाव मुख्य चुनौती हुन् । यो समस्या सुधार्न नयाँ नीति र लक्षित लगानीको आवश्यकता छ । सरकारी र सार्वजनिक क्षेत्रका लागि स्वदेशी कपडा अनिवार्य गर्न पनि माग गरिएको छ ।

यसैबीच महिला व्यवसायीका लागि ब्याजमुक्त ऋण उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ । अबुजा चेम्बर अफ कमर्सका अध्यक्ष एमेका ओबेगोलुले वित्तीय समावेशीकरणमा जोड दिए । महिला नेतृत्वका साना उद्योगहरूले ऋण पाउन निकै गाह्रो भइरहेको उनको भनाइ छ । साना व्यवसायका लागि ब्याजमुक्त वित्तीय मोडेल उपयुक्त हुने सरोकारवालाको भनाइ छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ४ : ०३ बजे

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्

दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम