आजका समाचार : रसुवागढी बाढीपछि कृष्णभिरमा संकट, पृथ्वी राजमार्ग बन्द, रविले थाले प्रदेश र स्थानीय सरकारसँग संवाद, बालेन सरकारसँग भड्किए केपी ओली र मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै « Khabarhub

आजका समाचार : रसुवागढी बाढीपछि कृष्णभिरमा संकट, पृथ्वी राजमार्ग बन्द, रविले थाले प्रदेश र स्थानीय सरकारसँग संवाद, बालेन सरकारसँग भड्किए केपी ओली र मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ । भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण वृद्धि भएको त्रिशुली नदीको बहाबले राजमार्गतर्फको जमिन कटान गर्दा गएको पहिरोले कृष्णभीरको सडक नै भासिएपछि यातायात पूर्ण अवरुद्ध बनेको हो ।

काठमाडौंदेखि पोखरा र नारायणगढ हुँदै देशको पश्चिम भागसँग जोड्ने मुख्य सडक अवरुद्ध भएपछि ठूलो संख्याका नेपालीको यात्रा र वस्तुको ओसारपसार नै प्रभावित हुने अवस्था देखिएको छ ।

सडक विभागका महानिर्देशक डा विजय जैसीले अब तत्काल केही दिन पृथ्वी राजमार्गबाट यातायात सुचारु हुन सम्भव नरहेको बताएका छन् ।

सांसदहरूलाई रविको निर्देशन : टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुम्न नजानू

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

तथानाम सोधेर बाढी पीडितलाई युट्युबरले वाक्क लगाएपछि…

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको भोटेकोसीमा गएको बाढीपहिरोपछि उद्धार, राहत र पुनर्निर्माणमा सरकार अझ प्रभावकारी ढंगले अघि बढ्नुपर्ने बताएका छन्।

एमाले महासचिव शंकर पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन बुझाउने कार्यक्रममा आइतबार च्यासलमा बोल्दै ओलीले विपत्तिको समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने बताए।

ओलीले अहिले देश दुःख र शोकमा रहेकाले शोकमा मात्रै सीमित नभई पीडितको पीडा कम गर्ने काममा सबै जुट्नुपर्ने बताए।

‘हामी शोकाकुल भएर मात्रै बस्न सक्दैनौँ। पीडामा परेकाहरूको पीडा कसरी कम गर्न सकिन्छ भन्नेमा लाग्नुपर्छ,’ उनले भने।

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

रविसँग स्थानीय सरकारको गुनासो : प्रजिअ र प्रहरी प्रमुखले टेर्दैनन्, संघीय सरकारले सुन्दैन

सरकारले समन्वय नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन, यसरी भयो तनाव

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा अगस्त २६ मा गएको पहिरोपछि २३ देशका २६१ विदेशी नागरिकको अवस्था अज्ञात रहेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।

परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायले गरेको संयुक्त खोजी तथा विवरण रुजुपछि क्षेत्रीय सरकारको सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

इक्वेडरमा एल निनोका कारण आपत्काल घोषणा

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ८ : ०४ बजे

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो