‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले « Khabarhub

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

'रास्वपाको बहुमत धेरैलाई पचेन, सेतो लुगामा हिलो छ्याप्ने खेल भयो'


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित-पोषित शक्तिले प्रधानमन्त्री र आफूमाथि नियोजित आक्रमण गरिरहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा बजेटसम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले गरिरहेको ठूला वित्तीय अपराधको अनुसन्धानबाट त्रसित समूहले आफूहरूविरुद्ध घेराबन्दी गरेको दाबी गरेका हुन् ।

“नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नमाथि सरकारले छानबिन गरिरहेको छ, केही दिनमा यो विषय अदालत पुग्दैछ,” मन्त्री वाग्लेले भने, “हामीसँग रुष्ट तिनै समूहबाट पालित-पोषित तत्वले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन् ।” उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत र सरकारको सुशासनको अभियान धेरैलाई नपचेकाले यस्तो खेल भइरहेको टिप्पणी गरे ।

सार्वभौम संसद्का सदस्यलाई समेत त्यस्ता समूहको कुराबाट प्रभावित नहुन र लहलहैमा लागेर संसद्को गरिमा कमजोर नबनाउन उनले आग्रह गरेका छन् । “चियाको कपमा तुफान ल्याउन खोजिएको छ, यसलाई म डटेर सामना गर्न तयार छु,” उनले भनेका छन् ।

बजेट वक्तव्यका १६ पाना गायब पारिएको भन्ने मिडिया रिपोर्ट र विपक्षीको आरोपको खण्डन गर्दै अर्थमन्त्री वाग्लेले ४६० पानाको डकुमेन्टमा एउटा पूर्णविराम वा थोप्लो पनि यताउता नपारिएको स्पष्ट पारेका छन् । आम जनतालाई केही समय भ्रममा पार्न यस्तो अफवाह फैलाइएको उनको भनाइ छ ।

गाडी आयात गडबडीबारे स्पष्टीकरण
रसुवा र कोरला (मुस्ताङ) नाकाबाट भएका गाडी आयातमा करको हेरफेर भएको भन्ने विवादबारे बोल्दै अर्थमन्त्रीले गडबढीको शंका लागेर अर्थ मन्त्रालय, भन्सार र सशस्त्र प्रहरीको टोली आफैँले रसुवा पठाएर छानबिन थालेको जानकारी दिए ।

“जे आरोप लगाइएको छ, वास्तविकता त्यसको ठिक उल्टो छ । कर घटेको छ, व्यापारीहरू फसेका छन्,” उनले भने, “हतार-हतार जाँचपास गर्ने व्यापारी मारमा परेका छन्, बरु राज्यलाई नाफा भएको छ ।” उनले चीनको प्रतिष्ठित ब्रान्ड ‘बीवाईडी’ लाई बदनाम गराउन चलखेल भइरहेको आशंका समेत व्यक्त गरेका छन्।

सांसदले तथ्य र प्रमाणका आधारमा मात्र बोल्नुपर्ने उल्लेख गर्दै मन्त्री वाग्लेले भने, “एक-दुई वटा पत्रिकाले उछालेको भरमा र पत्रिकाको पछाडि दौडिएर माननीयज्यूहरूले आफ्नो ओज घटाउनु हुँदैन । सेतो लुगामा हिलो छ्याप्ने यो प्रयास प्रथम दृष्टिमै गलत छ ।”

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ९ : ३१ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्