रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना « Khabarhub

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी रूपमा सीमा सुरक्षा चौकी (बिओपी) र चौकी बस्ने भएको छ ।

हिमाली गाउँपालिका–३ को रानीसैन लाम्पाटामा जेठ ३ गते हुम्लाका स्थानीयले वडा सदस्य पेमागारा गुरुङसहित कुटपिट गरी तीन दिनसम्म बन्धक बनाएर राखेको र रानीसैन लाम्पाटाका स्थानीयलाई हुम्ला खार्पुनाथ गाउँपालिकाका स्थानीयले कुटपिट गरेको घटना जेठ ५ गते बाहिरिएपछि उक्त क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त रूपमा अस्थायी ‘बिओपी’ र प्रहरी चौकी बस्ने भएको हो ।

गृह मन्त्रालय सचिवस्तरको एक साताअघि भएको बैठकको निर्णयअनुसार रानीसैनको लाम्पाटामा ‘बिओपी’ र अस्थायी प्रहरी चौकी बस्ने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । 

रानीसैनमा जेठ ३ गते भएको घटनाको विषयमा उक्त क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि गृह सचिवस्तरको बैठकको निर्णयानुसार अस्थायी रूपमा ‘बिओपी’र प्रहरी चौकी बस्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

लाम्पाटामा अस्थायी रूपमा सशस्त्र प्रहरी बलका जनक पौडेलको नेतृत्वमा २१ जना र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको टोली हिमाली गाउँपालिकाको पठाइएको छ । 

रानीसैनको लाम्पाटामा हुम्लाका स्थानीयले कुटपिट गरी वडा सदस्य पेमागारा गुरुङ, स्थानीय घाइते हुनेमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नं ३ का वडासदस्य ३४ वर्षीय पेमागारा गुरुङ, उहाँकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, स्थानीय २४ वर्षीय  मीनु कुँवर, प्रहरी चौकी विच्छ्या कार्यरत प्रहरी सहायक हबल्दार महेश धामी घाइते भएका थिए ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  १२ : ४९ बजे

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण