हर्कले भने- प्रधानमन्त्रीको लिखित जवाफ परराष्ट्रमन्त्रीले दिए मात्रै मान्नेछौँ « Khabarhub

हर्कले भने- प्रधानमन्त्रीको लिखित जवाफ परराष्ट्रमन्त्रीले दिए मात्रै मान्नेछौँ


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले लिखित दस्ताबेज प्रतिनिधिसभामा पठाएर अरु मन्त्रीले वाचन गर्दा आफूहरू मान्ने बताएका छन् । 

जेठ १७ गते प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने शब्दमा विपक्षीले निरन्तर सदन अवरोध गरिरहेका छन् । 

आज ११ बजेका लागि बोलाइएको संसद् बैठक विपक्षीले अडान राखेपछि २ बजेका लागि सारिएको थियो । 

अहिले सुरु भएको बैठकमा हर्कले बोल्ने क्रममा भने, ‘परराष्ट्रमन्त्रीज्यूले दिएको जवाफमा हामी मान्दैनौँ बरु प्रधानमन्त्रीले लिखित रुपमा साइन गरेर जवाफ पठाउनुहोस् र उहाँले वाचन गरिदिनुहोस् । त्यसलाई हामी स्विकार्न सक्छौँ ।’

हर्कले भने,’एउटाले गल्ती गर्छ अर्कोले सच्याइदिनुपर्ने भन्ने हिसाबले गयो भने न्यायोचित हुँदैन भन्ने मलाई लाग्छ । संविधान असफल के हाम्रो कानुन असफल हो हामी असफल कि हाम्रो सदन असफल हो ? व्यवहार असफल कि सोच यहाँ सफल हो कसैले विधि नमान्ने ।’

हर्कले कविताको हरफ जस्तै बनाएर  प्रधानमन्त्रीलाई व्यङ्ग्य समेत प्रहार गरिरहेका छन् ।
 

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ३ : २९ बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित