कांग्रेसले भन्यो- र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो « Khabarhub

कांग्रेसले भन्यो- र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिले पदको गरिमा कमजोर बनाएको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रधानमन्त्रीले जेठ १७ गते संसद्मा ‘र्‍याप शैली’ मा जवाफ प्रस्तुत भएको टिप्पणी गर्दै संसद्को रोस्ट्रम र्‍याप ब्याटलको मञ्च नभएको बताए ।

उनले प्रधानमन्त्रीको शैलीप्रति आफू प्रशंसक भए पनि संसद्मा व्यक्त गरिएका भनाइले प्रधानमन्त्रीको गरिमामाथि नै प्रश्न उठाएको जिकिर गरे । उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको प्रभावबारे हेक्का नराखेको आरोप समेत लगाए ।

जेठ १७ गते प्रधानमन्त्रीको सदनमा उपस्थित प्रधानमन्त्रीको एकलौटी र एकपन भएको आङदेम्बेको भनाइ थियो ।

आङ्देम्बे आफूहरूले त्यसबेला प्रधानमन्त्री चिप्लिएको महसुस गरे पनि साँच्चिकै शङ्कास्पद ढङ्गले अभिव्यक्ति दिएको आरोप लगाए ।

आङदेम्बेले संसदमा आएर प्रधानमन्त्रीले त्यो कुरा फिर्ता लिनुपर्ने माग समेत राखे।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ४ : २४ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)