लक्षित वर्गको निःशुल्क उपचारका लागि ल्याइयो नयाँ कार्यविधि, परामर्शदेखि शल्यक्रियासम्म निःशुल्क  « Khabarhub

लक्षित वर्गको निःशुल्क उपचारका लागि ल्याइयो नयाँ कार्यविधि, परामर्शदेखि शल्यक्रियासम्म निःशुल्क 


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्षित वर्गका नागरिकले सहज र सम्मानजनक रूपमा निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ कार्यविधि ल्याएको छ । 

मन्त्रीस्तरीय निर्णयमार्फत जारी गरिएको ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ ले देशभरका अस्पतालमा निःशुल्क उपचार व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

स्वास्थ्य मन्त्री निशा मेहताले स्वीकृत गरेको कार्यविधिअनुसार कानुनबमोजिम सञ्चालनमा रहेका सबै अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत हिस्सा विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुटाउनुपर्नेछ । ती शय्यामा उपचाररत बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिन नपाइने व्यवस्था गरिएको छ ।

कार्यविधिले निःशुल्क उपचार पाउने बिरामीलाई अन्य शुल्क तिर्ने बिरामीसरह समान सेवा र व्यवहार सुनिश्चित गर्नुपर्ने स्पष्ट पारेको छ । अस्पतालले शय्या सुविधा, चिकित्सकको परामर्श, शल्यक्रिया, प्रयोगशाला परीक्षण, औषधि तथा उपचारका क्रममा आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउनुपर्नेछ ।

भर्ना सेवामात्र नभई आवश्यकता अनुसार बहिरङ्ग (ओपीडी) सेवामार्फत पनि कम्तीमा १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार दिन सकिने व्यवस्था गरिएको छ । निःशुल्क उपचारको सुविधा प्राप्त गर्न बिरामीले आफू लक्षित वर्गभित्र पर्ने प्रमाण पेश गर्नुपर्नेछ । 

नेपाल सरकारले जारी गरेको विपन्न परिचयपत्र, स्थानीय तहको सिफारिस वा बेवारिसे बिरामीका हकमा प्रहरी वा स्थानीय प्रशासनको सिफारिसलाई आधार मानिनेछ । आकस्मिक अवस्थामा भने बिरामीले स्वघोषणा फाराम भरेर सेवा लिन सक्नेछन्, तर आवश्यक कागजात अस्पतालबाट डिस्चार्ज हुनुअघि बुझाउनुपर्नेछ ।

मन्त्रालयका अनुसार निःशुल्क उपचार कार्यक्रमलाई प्रविधिमैत्री, पारदर्शी र जबाफदेही बनाउन ‘निःशुल्क उपचार पोर्टल’ सञ्चालनमा ल्याइएको हो । पोर्टलमार्फत सेवा प्रवाह, अभिलेखीकरण तथा अनुगमनलाई एकीकृत र प्रभावकारी बनाइने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ५ : ११ बजे

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्