प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संकट समाधान हुँदैन : एमाले « Khabarhub

प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संकट समाधान हुँदैन : एमाले


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म एमालेले अवरोध कायम राख्ने बताएका छन् । उनले प्रधानमन्त्रीले संसदमा नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट नहटेसम्म र सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेसम्म संसदको काम कारबाही अगाडि नबढ्ने चेतावनी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमाथि गम्भीर प्रश्न उठाउँदै पार्टी सभापति रवि लामिछानेले पनि आफ्ना सदस्यलाई रुलिङ गर्न नसकेको आरोप बादलले लगाएका छन् । ‘प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहट्दासम्म संसदको कारबाही अगाडि बढ्न सक्दैन देश पहिला हो देशको स्वाधीनता प्रमुख कुरा हो । हामी फरक ढंगले आफ्नो विरोध कायम राख्नेछौँ । परराष्ट्रमन्त्रीले दिएको वक्तव्यमा हामी सहमत हुने अवस्थामा छैनौँ,’ बादलले अगाडि भने, ‘देशको स्वाधीनता सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले त्यससँग सम्बन्धित विषय संशोधन नगरी अन्य एजेन्डामा जान सकिँदैन। संकटको समाधान सम्भव छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकाले अन्तर्वार्ताहरूमा दिएको अभिव्यक्तिलाई राख्दै बादलले नेपाल कतै पाकिस्तानी मोडलको मुलुकतिर जान सक्ने संकेत त छैन भन्ने शङ्का गरे ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ५ : ०० बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्