प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिप्रति सांसद शाहीको आपत्ति « Khabarhub

प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिप्रति सांसद शाहीको आपत्ति


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद्‌मा कडा आपत्ति जनाएका छन् । आज संसद्को बैठकमा बोल्दै सांसद शाहीले आफूहरूको प्रधानमन्त्रीसँग कुनै व्यक्तिगत तिक्तता नरहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले यस विषयमा संसद् र नेपाली जनतालाई आफैंले चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरे।

परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै संसद्‌मा स्पष्टीकरण दिएको प्रसंग उल्लेख गर्दै उनले नेपाल र विश्वकै राजनीतिक इतिहासमा यो एउटा अनौठो र उल्टो अभ्यास भएको टिप्पणी गरे । सामान्यतया मन्त्रीहरूले त्रुटि गर्दा प्रधानमन्त्रीले त्यसलाई सच्याएर मुलुकलाई सही दिशा दिने परम्परा रहे पनि अहिले प्रधानमन्त्रीको गम्भीर भूराजनीतिक त्रुटिलाई मन्त्रीले सच्याउनुपर्ने दुर्भाग्यपूर्ण परिस्थिति बनेको उनको भनाइ थियो ।

सम्बोधनका क्रममा सांसद शाहीले प्रधानमन्त्रीको उक्त विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट तत्काल हटाउन माग गरे । यो विषय कुनै सत्ता र शासनको मात्र नभई देशको भूभाग र राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको अति संवेदनशील कुरा भएको हुनाले स्वयं प्रधानमन्त्रीकै प्रतिष्ठाका लागि पनि संसद्को रेकर्डबाट यो हटाइनु पर्ने उनको तर्क थियो । संसद्को रेकर्डबाट यो अभिव्यक्ति हटाइएमा भविष्यमा नेपालको इतिहासमा यस्तो गलत अभिव्यक्ति दिइएको थिएन भनी नैतिक रूपमा उभिन सजिलो हुने उनले स्पष्ट पारे ।

सांसद शाहीले सीमा सम्बन्धी विवादको केन्द्र काठमाडौंभित्र बहसको विषय बने पनि यसको वास्तविक पीडा र दुःख सिमानामा बस्ने नेपालीहरूले भोग्नुपरिरहेको बताए। कालापानी, लिपुलेक र लिम्पियाधुराको चर्चा काठमाडौंमा हुँदा दार्चुला र अन्य सीमा क्षेत्रका नागरिकले दुःख पाइरहेको भन्दै उनले सीमा सुरक्षामा खटिएका सुरक्षा निकायको व्यवहार समेत दुःखदायी हुने गरेको गुनासो गरे। सिमानामा बस्ने नेपाली दाजुभाइहरूले देशका लागि हरेक दिन लडिरहनुपरेको यथार्थलाई बिर्सन नहुनेमा उनले जोड दिए।

प्रधानमन्त्रीको हलुका अभिव्यक्तिको दीर्घकालीन असरबारे सचेत गराउँदै सांसद शाहीले भविष्यमा आइपर्न सक्ने संकटप्रति गम्भीर प्रश्न समेत उठाएका छन्। उनले आज त यो विषय सामान्य जस्तो देखिए पनि भोलि भारतसँग कुनै कारणले युद्ध भएको खण्डमा र उसले भूमि माग्यो भने के त्यो पनि दिन तयार हुने हो भनी प्रश्न गरे। प्रधानमन्त्री शाहलाई तत्काल संसद्‌मा उपस्थित भएर आफ्ना कमजोरी सच्याउन आग्रह गर्दै उनले राष्ट्रिय हितका विषयमा खेलबाड नगर्न चेतावनी दिए।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ५ : ३० बजे

प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन हर्कको आग्रह

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सीमा क्षेत्रमा भारतीय

पहिरोले कर्णाली करिडोर अवरुद्ध

मान्म– पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ । मङ्गलबारदेखि वर्षाका

जब पार्किङ गरेकै ठाउँबाट चोरियो गोदावरी नगरको गाडी

ललितपुर– ललितपुरको गोदावरी नगरपालिकाको सरकारी गाडी चोरी गरेको आरोपमा एक

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना