झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर « Khabarhub

झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– त्रिपालले छाएको र बारेको छाप्रोमा बस्दै आएका म्याग्दीको मङ्गला गाउँपालिका–१ हर्कपलेका एक विपन्न परिवारलाई गाउँपालिकाले घर निर्माण गरिदिएको छ । 

नागरिकतासमेत नभएका मीमबहादुर किसानको परिवारका लागि गाउँपालिकाले स्थानीय समुदायसँग समन्वय गरेर दुई कोठे घर निर्माण गरिदिएको हो । 

मङ्गला गाउँपालिका–१ का वडाध्यक्ष एकजित रोकाले सुरक्षित नागरिक आवास कार्यक्रममार्फत चार लाख रुपैयाँ बजेटबाट मीमबहादुरलाई घर बनाएर उपलब्ध गराएको जानकारी दिए । 

‘गाउँपालिकाको बजेट र पैयुपाँटा टोलका युवा तथा अगुवाहरूको सक्रियतामा मीमबहादुर बस्ने घर निर्माण गरिदिएका हौँ’, उनले भने, ‘यसअघि विसं २०८० असार १९ गते उनलाई प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको थियो ।’

ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका किसानका एक श्रीमती र तीन छोराछोरी छन् । उनीहरू यसअघि त्रिपालमुनि कपडा र बोराले बारेको झुपडीमा बस्दै आएका छन् । 

‘घर बनेपछि झरीमा पानी चुहिने र हावाहुरी लाग्दा त्रिपाल उडाउने झुपडीको असहज र असुरक्षित बसाइँको अन्त्य भएको छ’, उनले भने,’हामीलाई घरमै सरकार आएको अनुभव भएको छ ।’ उनले घर बनाउने जग्गाजमिन भए पनि आर्थिक अभावका कारण निर्माण गर्न सकेका थिएनन् । 

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ७ : ०६ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका