काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख रुपैयाँ सहयोग गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जानकारी दिएका हुन् ।
उनले भनेकी छन्, ‘यो रकमले उहाँहरूको पीडा त मेटाउन सक्दैन तर, कठिन समयमा थोरै भए पनि राहत र आशा दिने सकोस् भन्ने मेरो प्रयास हो ।’
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले अहिलेसम्म ७३४ जनाले ज्यान गुमाएको पुष्टि भएको छ । १५ हजार ३२९ जना बेपत्ता छन् । खर्बौँको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ ।












प्रतिक्रिया